बाबुरामलाई नारायणकाजीको बधाई

बाबुरामलाई नारायणकाजीको बधाई

काठमाडौं : गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै बाबुराम भट्टराईलाई बधाइ दिएका छन्। सबैभन्दा धेरै चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा आफू पराजित हुने निश्चित भएपछि श्रेष्ठले भट्टराईलाई बधाई दिएका हुन्।

ट्विटरमार्फत् बाबुरामलाई बधाइ दिँदै नारायणकाजीले हार स्वीकार गरेका हुन्। ‘गोरखा २ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दे विजयका निम्ति डा. बाबुराम भट्टराईलाई हार्दिक बाधाइ। निर्वाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, वाम गठबन्धनका नेता कार्यकर्ताहरु, आफन्तजन, शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद’, ट्विटरमा श्रेष्ठले भनेका छन्, ‘मैले सधै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहेँ। व्यक्तिगत रुपमा मेरो पराजय भए पनि वाम गठबन्धनको शादार विजयबाट म अत्यन्त खुशी छु। मेरा लागि यो नै ठूलो विजय हो। वाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागि पर्नेछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.