काठमाडौं १ प्रदेशसभा (ख) मा १९ मतले एमाले विजयी
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका गणेशप्रसाद दुलाल १९ मत अन्तरले विजयी भएका छन्।
एमालेका उम्मेदवार गणेशप्रसाद दुलाल ४ हजार २ सय ४२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत ल्याएका छन्।
दुई उम्मेदवारबीचको मत अन्तर १९ मात्र रहेको छ। प्रतिनिधिसभा तर्फ भने काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भइसकेका छन्। सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई आठ सय १९ मत अन्तरले पराजित गरेका हुन्।