करेण्ट लागेर व्यवसायीको मृत्यु
बर्दिया: बर्दियाको मधुवन नगरपालिका वडा नं.२ ओराली बजारस्थित हार्डवेयर पसल सञ्चालक ४२ बर्षीय बसन्त सिजापतीको करेण्ट लागेर मृत्यु भएको छ। पसलमा भएको फलामे रड मिलाउने क्रममा विद्युतीय मेनलाईनमा छोईदा करेण्ट लागेको हो । विहिवार राती करेण्ट लागेका सिजापतिलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनुभयो ।