मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

पाँचथर : नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गर्नुभयो ।

नेता डा महतले राँके–रवि हुँदै भेडेटार जोड्ने सडकको कालोपत्रेका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताउँदै अब यस सडकको निर्माण कार्य चाँडै थालिने र समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र जिल्ला सचिव वृजहाङ आङदेम्बे लगायतले स्थानीय तहको निर्वाचन, विकास र काँग्रेस नेतृत्वको भूमिकाका बिबिध पक्षमाथि प्रकाश पार्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.