जनता विद्यापीठमा ३४ लाखको पुस्तकालय भवन
तुलसीपुर : नेपाल संस्कृत विश्व विद्यालय जनता विद्यापीठ बिजौरी दाङमा झण्डै ३४ लाखको लगानीमा पुस्तकालाय भवन निर्माण गरिएको छ । जनता विद्यापीठ बिजौरीमा रहेको पुस्तकालय भवन जीर्ण भए पछि विभिन्न निकायको सहयोगमा ३३ लाख ८३ हजार रुपैयाँ खर्च गरेर नयाँ सुविधा सम्पन र आधुनिक पुस्तकालय निर्माणका लागि पुस्तकालय भवन निर्माण गरिको छ ।
आर्थिक वर्ष २०६६/०६७ साल देखि निर्माण सुरु गरिएको भवनको चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरिएको छ । जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति), शान्ति तथा पुर्ननिर्माण मन्त्रालय, सांसद विकास कोष र जनता विद्यापीठको ३३ लाख ८३ हजार रुपैयाको लागतमा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष नवीनकुमार पोख्रेलले जानकरी दिनु भयो ।
पुस्तकालय भवनको एक कार्यक्रमकाबीच नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले उद्घाटन गर्नु भयो । विद्यापीठका प्राचार्य माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति कोइरालाले विश्वविद्यालयले संस्कृत शिक्षाको महत्वलाई चिनाई राखेको भन्दै संस्कृत शिक्षाको महत्वलाई सबैमाँझ दर्शाउनु पर्ने बताउनु भयो । उहाँले सबै भाषाको केन्द्र संस्कृत भाषा भएकाले संस्कृत भाषाबिना अरु भाषाको संरक्षण र विकास हुन नसक्ने बताउनु भयो ।
कोइरालाले विद्यापीठको कुशल समन्वयकारी नेतृत्वको कारण भवन बन्न सकेको भन्दै यसमा कुशल गुरु, जिज्ञाशु विद्यार्थी र आधुनिक पुस्तकको व्यस्थापन गर्न आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा शिक्षाध्यक्ष रमेश ढकालले संस्कृत भाषाको प्रचार प्रचार आबश्यक भएको भन्दै यसमा सबै जुटनु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीको आकर्षण बढाउन पुस्तकालयले मद्धत गर्ने बताउनु भयो । कार्यक्रममा पुस्तकालय निर्माणमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै भवन निर्माण समितिका अध्यक्ष तथा विद्यापीठका लेखा प्रमुख नवीनकुमार पोख्रेल र जिल्ला प्राविधिक कार्यालयका सव इन्जीनियर युवराज गिरीलाई सम्मान गरिएको थियो ।