हिंसात्मक झडप रोक्न प्रहरीको ‘क्लिन स्विप' अभियान सुरु

हिंसात्मक झडप रोक्न प्रहरीको ‘क्लिन स्विप' अभियान सुरु

दमौलीः पछिल्ला केही दिनयता बढिरहेको हिंसात्मक झडप रोक्नका लागि तनहुँ प्रहरीले ‘क्लिन स्विप' अपरेशन सुरु गरेको छ । दिनहुँ हिंसात्मक झडप हुने तथा मानिसको ज्यानै जाने समेत अवस्था आए पछि प्रहरीमाथि कडा कारबाही गर्न दबाब परेको थियो ।

यसक्रममा हातहतियार बोकेर हिंड्ने युवालाई नियन्त्रणमा लिंदै कारबाही गर्नका लागि विशेष टोली खटाइएको छ । जिल्लाभर नै शंकास्पद गतिविधि हुने क्षेत्रमा विशेष प्रहरी दस्ता खटाइएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । ‘हिंसात्मक घटना रोक्न हामी प्रतिबद्ध छौं,' उहाँले भन्नुभयो ,‘यस्ता घटना रोक्नका लागि विशेष सतर्कता अपनाइएको छ ।'

जिविस तनहुँमा निकासी कर तथा गिटी बालुवा संकलनसम्बन्धी ठेक्काका लागि दिनहुँजसो टेण्डर खुलिरहेको छ । फर्म भर्ने तथा बुझाउने बेलामा एक अर्को समूहलाई निषेध गर्ने क्रममा खुकुरी प्रहारका घटना साता दिनभित्रै दुई भन्दा बढी भैसकेका छन् । यस्ता घटना तथा यसै सेरोफेरोमा व्यवसायीलाई धम्क्याएर चन्दा असुल्ने समूह समेत सक्रिय बनेपछि प्रहरीले विशेष अपरेशन थालेको हो ।

अपरेशनका क्रममा शंकास्पद युवामाथि निगरानी बढाइएको छ । ‘हामी शंका लागेका जोकोहीमाथि निगरानी बढाउँछौं,' उहाँले भन्नुभयोे,‘आवश्यक परे तलासी लिने तथा चेकजाँच गछौं ।' यसैगरी कुनै सूचना उपलब्ध भएमा शंकास्पद ठाउँमा गएर तलासी लिने अपरेशन समेत चलाईने प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । यो अपरेशन केही समयका लागि निरन्तर रहने बताइएको छ ।

यसैक्रममा प्रहरीले टेण्डर दर्ता गर्ने क्रमा जिविसको कार्यालय दमौली आएका दुई युवालाई खुकुरीसहित पक्रेको छ । निकासी करको फर्म लिने क्रममा आएका ती युवालाई जिविसको गेटबाटै खुकुरीसहित पक्रिएको उपरीक्षक जोशीले बताउनुभयो । उनीहरुबिरुद्ध सार्वजनिक मुद्दामा अनुसन्धानका लागि प्रशासनबाट ६ दिनको म्याद लिइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.