भारतीय भूमिमा नेपाली युवक मृत भेटिए
महेन्द्रनगर : कञ्चनपुरको जिमुवा नजिकै भारतीय भूमिमा एक युवक मृत भेटिनु भएको छ। भीमदत्त नगरपालिका १० जिमुवा नजिकै भारतीय भूमिमा अमरगढी नगरपालिका ९ घर भएका २२ बर्षीय शेरबहादुर रोकाया मृत भेटिनु भएको हो।
कञ्चनपुर प्रहरीका अनुसार बुधबार साँझ भारतीय भूमिमा शव भेटिएको र शव पोष्टमार्टमका लागि भारतीय सीमा सुरक्षा बलले लिएर गएको छ।
भारतीय भूमिमा शव फेला परेकाले भारतीय सुरक्षाकर्मीले लिएर गएका हुन्। एसएसबीले पोष्टमार्टमपछि परिवारजनलाई शव बुझाउने आश्वासन दिएको प्रहरीले जनाएको छ। प्रहरीले युवकको मानसिक अवस्था ठिक नभएको बताएका छन्।
उहाँ भारतबाट नेपालतर्फ आइरहनु भएको थियो वा भारततर्फ गइरहनु भएको थियो भन्ने खुल्न सकेको छैन।