नगरकप फुटबल जेठमा

नगरकप फुटबल जेठमा

काठमाडौं: काठमाडौं जिल्ला समन्वय समितिको आयोजना र काठमाडौं जिल्ला खेलकुद विकास समितिको समन्वयमा जेठ १५ गतेबाट प्रथम काठमाडौं अन्तर नगर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गरी गणतन्त्र दिवसका अवसरमा काठमाडौं जिल्लाभित्रका नगरपालिकाहरूलाई समेटेर फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दियो।

प्रतियोगितामा काठमाडौं महानगरपालिकाको भने सहभागिता रहनेछैन। त्यसबाहेकका १० नगरपालिकाले प्रतियोगितामा सहभागिता जनाउनेछन्। 'हामीले खेलकुदको माध्यमबाट जिल्लाभित्र रहेका सबै निकायहरूबीचमा सौहार्दताको वातावरण निर्माण गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं', पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख गोपालप्रसाद अघिकारीले भने, 'प्रतियोगिता स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै हुने भएकाले निर्वाचित भई आउने नयाँ नेतृत्वबीच पनि यसले सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउनेछ।'

प्रतियोगिता हुने स्थान भने तय भइसकेको छैन। 'हामीले प्रतियोगिता रंगशालामै गर्ने तयारी गरेका छौं।तर, त्यस बेला रंगशाला उपलब्ध नभएको अवस्थामा सानो गौचरनको मैदानमै आयोजना गर्नेछौं', जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानेले भने, 'त्यसबाहेक अन्य मैदान पनि हेरिरहेका छौं।'

आयोजकका अनुसार प्रतियोगितामा सम्बन्धित नगरपालिकाभित्र बसोबास गर्ने खेलाडीले मात्रै खेल्न पाउनेछन्।नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ।

यसैगरी दोस्रो हुने टोलीले ५१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिने एक खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।विधागततर्फ उत्कृष्ट घोषित हुने प्रत्येक खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.