पुनः डिजाइनपछि पनि बनेन पुल

पुनः डिजाइनपछि पनि बनेन पुल

भोजपुरः उत्तरी छिमेकी जिल्ला संखुवासभा जोड्ने अरुण नदीस्थित निर्माणाधीन लम्सुवाघाटको पुल पुनः डिजाइनपछि पनि निर्माण हुन सकेको छैन ।संखुवासभाको तुम्लिङ्टार र उत्तरी षडानन्द नगरपालिका जोड्ने एक मात्र बोर्डरका रूपमा रहेको लम्सुवाघाटको पुल पाँच वर्षअघि स्वच्छन्द निर्माण सेवाले निर्माण सुरु गरेको थियो ।

कम्पनीले ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०६७ साल असार २५ मा सम्झौता गरेको थियो । तर, पुल निर्माण सुरु भएलगत्तै काम रोकिएको थियो । किनकि पुलको जग खन्ने क्रममा ठूलो चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेका थिए । पछि पुनः डिजाइन गरियो । डिजाइन गरे पनि तोकिएको समय सकिन लाग्दासमेत पुल निर्माण थालनी शुन्य भएको छ ।

अहिलेसम्म पुलको २० प्रतिशत मात्र काम सकिएको छ । बनेका ४ वटा वेलमध्ये ३ वटा वेल चट्टानकै कारण बिग्रिएकाले पुनर्निर्माण गर्नुपर्ने अवस्था भएको हो । पहिलो सम्झौताअनुरूप निर्माणलाई निरन्तरता दिन नसक्ने भन्दै ठेकेदार र कामदारले काम ठप्प पारेपछि पुलको पुनः डिजाइन गरिएको थियो ।

पुल नबनेसँगै जिल्लाका उत्तरी भेगका स्थानीय बजारमा महँगी छोएको छ । पुल नबन्दा डुंगा र झोलुंगे पुलको सहायताले दैनिक उपभोग्य पदार्थ ओसारपसार गर्नुपर्ने हुन्छ । संखुवासभाको सदरमुकाम खाँदबारीसँग यातायातको सिधा पहँच नहुँदा गाडी रिजर्भको ढुवानी अत्यधिक महँगो हुने गरेको छ । खाँदबारीबजार उत्तरी भेगका सर्वसाधारणको मुख्य व्यापारिक नाका हो ।

दैनिक उपभोग्य खाद्य सामग्री नुन, तेल, चिनीलगायतमा गत वर्षको तुलनामा २५ प्रतिशतले महँगी वृद्धि भएको छ । आधा लिटर रिफाइन्ड खाने तेलको पोकालाई सय रुपैयाँ पर्छ । धरानदेखि खाँदबारी, तुम्लि¨टार, सतिघाट, लम्सुवाघाट हुदै दिङ्गलाबजार सामान ल्याउदा ढुवानी खर्च मात्रै कम्तीमा १० रुपैयाँ लाग्ने गरेको छ । लम्सुवाघाटको पक्की पुलबाहेक अन्य विकल्प नभएकाले पनि सास्ती खेप्नुपरिरहेको स्थानीयले बताए ।

वर्षौंदेखि अलपत्र लम्सुवाघाट पुलको चाँडो निर्माणका लागि भोजपुर र संखुवासभाका स्थानीयले सडक डिभिजन कार्यालय तुम्लिङटारमा पटक-पटक प्रतिनिधिमण्डलसहित पुगेका छन् । दसैं-तिहारलगत्तै पुल निर्माण सुरु गर्न ठेकेदारसँग सर्वपक्षीय निर्णय गरिएको थियो । तर, निर्माण कार्य सुचारु गर्न नसकेको सडक डिभिजनका प्रमुख घनश्याम गौतमले बताए । ‘चाँडो काम सुचारु गर्न ठेकेदारलाई ताकेता गर्दा निर्माणस्थलमा मेसिन लैजाने क्रममा बिग्रिएकाले काममा ढिलाइ भइरहेको हो,' उनले भने । स्काभेटर मेसिन तत्काल मर्मत गर्न र पुल निर्माण कार्यलाई चाँडो सुचारु गर्न निर्माण कम्पनीलाई आदेश दिइसकेको उनले बताए ।

दोहोरो गाडी गुड्न सक्ने क्षमता भएको निर्माणाधीन पुल २ सय ५४ दशमलव ७ मिटर लामो छ । पुनः डिजाइन गर्दा अघिल्लो डिजाइनमा ८७ दशमलव २ मिटर लम्बाइ थपिएको छ । यसअघिको डिजाइनमा पुल १ सय ६७ दशमलव ५ मिटर लामो थियो । पुनः डिजाइनमा थपिएको ७२ मिटर बाहेकको निर्माणका लागि पनि साविककै स्वच्छन्द निर्माण सेवालाई नै ठेक्का दिइएको छ । उसैको कार्यक्षेत्रभित्र थपिएको लम्बाइ समेटिने भएकाले जिम्मा दिएको गौतमले बताए । अघिल्लो डिजाइनमा १४ करोड लागतमा निर्माण सक्ने सम्झौता भएको थियो । पछि फेरि डिजाइन परिवर्तन गरी २० करोड लागतमा पुगेको हो । पुनः डिजाइनपछि ०७४ साल असार २४ गतेभित्र काम सम्पन्न गर्नेगरी समय थप भएको छ । बाँकी ७२ मिटरको ठेक्काका लागि नयाँ टेन्डर आह्वानको प्रक्रियामा छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.