देश दाैडाहमा उद्योगी व्यवसायी

देश दाैडाहमा उद्योगी व्यवसायी

दिक्तेलः नेपाल उद्योग बाणिज्य महासंघको महाधिबेसन नजिकीदैगर्दा उद्योगी व्यवसायीहरु हेलीकोप्टर चढेर भोट माग्न देश दौडाहमा लागेका छन् । आगामी चैत्र २८ गते हुने महाधिबेसनलाई लिएर आकांक्षी उद्योगी व्यवसायीहरुको टोलिले खोटाङबाट भोट माग्न सुरु गरेका छन् ।

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य कल्पना गैरे शनिवार हेलीकोप्टर चढेर पुनः केन्द्रीय सदस्यमा आफुलाई जिताउन भोट माग्दै खोटाङ आएकी हुन् । बिहान हलेसी महादेबस्थानको दर्शन गर्दै हेलीकोप्टरबाटै सदरमुकाम दिक्तेल उत्रिएकी गैरेले आगामी महाधिबेसनमा केन्द्रीय सदस्य पदमा जिताउनका लागि भोट मागिन् । ‘हलेसीको दर्शन गरेर मैले खोटाङबाट भोट माग्ने अभियान सुरु गरेकी छु,' खोटाङ उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा गैरेले भनिन्, ‘भोट दिएर सहयोग गर्नुस्, तपाईहरुलाई पनि मेरो साथ र सहयोग रहने छ ।'

नेपाल उद्योग बाणिज्य महासंघको हरेक महाधिबेसनकाक्रममा आकांक्षीहरु जिल्ला दौडाहामा निस्कने गरेका छन् । उद्योग बाणिज्य संघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्य जिल्ला भ्रमणको बाहनामा फागुन १० गते केन्द्रीय सदस्यकैलागि भोट माग्न दिक्तेल आएको केही समय नसबत्दै गैरे पनि दिक्तेल आइपुगेकी हुन् । खोटाङबाट भोट माग्न सुरु गरेकी गैरेले एकै दिन भोजपुर र तेर्‍हथुममा पुगेर भोट मागेकि छन् ।

हाल महासंघको केन्द्रीय सदस्यकै भूमीकामा रहेकी गैरेले खोटाङ उद्योग बाणिज्य संघको भवन निर्माणका लागि सहयोग गर्ने आश्वसन दिएकी छन् । उनको चुनावी अभियानमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकरबहादुर बोगटी, पुर्वअध्यक्ष दिनेश भण्डारी र बैतडी उद्योग बाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले साथ दिएका छन् ।

नाईन एन-एएल्डी हेलीकोप्टरबाट दिक्तेलमा उत्रिएकी गैरेल एक घण्टासम्म दिक्तेलमा बसेर भोजपुर उँडेकी हुन् ।उनीहरुको स्वागतमा उद्योग बाणिज्य संघ खोटाङले आफ्नै कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले गैरेको टोली चुनावी अभियानकाक्रममा जिल्ला आइपुगेको बताए । ‘जिल्ला भ्रमणकाक्रममा उहाँहरु आउनु भएको हो,' लयालुले भने, ‘जुनसुकै बाहनामा हिँडेपनि उहाँहरु चुनावी दौडमा निस्कनु भएको हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.