धूमपान नगर्ने कि

धूमपान नगर्ने कि

विश्व स्वास्थ्य संघको एक सर्वेक्षणमा मुुलुुकको ८२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धुमपान गर्ने गरेको पाइएको छ भने त्यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुुग्दै सुुर्तीजन्य वस्तुुको प्रयोग गर्ने गरेका छन् । ७१.४ प्रतिशतभन्दा बढी महिला र ८५ प्रतिशतभन्दा बढी पुुरुषले कुुनै न कुुनै रूपमा सुुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । एक हजार ६ सय बढी विभिन्न निःशुल्क स्वास्थ्य शिविर तथा अस्पतालमा दा“त तथा मुुख परीक्षण गर्दा यस्तो अवस्था देखिएको हो ।

Prakash-budathoki

धुमपान धुुवाँ मात्र नभएर सुुर्तीजन्य पदार्थको सेवन र दुुव्र्यसन हो । धुमपान गर्ने व्यक्तिले फालेको धुुवाँ हावामा उसको वरपर रहेको व्यक्तिले लिनुुलाई निष्क्रिय धुमपान भनिन्छ । चुुरोटबाट निस्कने धुुवाँमध्ये २५ प्रतिशत धुमपान गर्ने व्यक्तिले लिन्छ र ७५ प्रतिशत हावामा फाल्ने गर्दछ, जुुन निष्क्रिय धुमपानकर्ताले सेवन गर्दछन् । एक खिल्ली चुुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुुरोट पिउनेले एक मिनेटमा २ सर्को मात्र तान्छ र त्यसैमा पनि बाहिर हावामा फाल्छ । हावामा फालिएको धुुवाँमा धुमपान गर्ने व्यक्तिले तानेको धुुवाँमा भन्दा दुई गुुना निकोटिन, तीन गुुना कार्बन टार, पाँच गुुनाभन्दा बढी कार्बनमोनोअक्साइड र ५० गुुनाभन्दा बढी क्यान्सरजन्य रसायन हुुन्छन् । फलस्वरूप निष्क्रिय धुमपानकर्ताहरू पनि धुमपानसम्बन्धी थुुप्रै प्राणघातक रोग लाग्ने जोखिममा रहन्छन् ।

धुमपानको धुुवाँमा दुुई सयभन्दा बढी विषालुु र ५० भन्दा बढी क्यान्सरका रसायन पाइन्छन् । चुुरोट खाने व्यक्तिसँगै बस्नेलाई समेत फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वासको अन्य संक्रमण, कानको संक्रमण, बहिरोपनालगायतका हजारौं समस्या आउँछन् । निष्क्रिय धुमपानकै कारण नेपालमा दुुई सय ग्रामभन्दा कम तौलका शिशुुको जन्म हुुन्छ र क्षयरोगी बढी देखिन्छन् ।

पतिले गरेको धुमपानबाट उसको पत्नीलाई असर पार्दछ, त्यसैमा पत्नी गर्भवती छन् भने उक्त धुुवाँले नाल वा साललाई पार गरी गर्भमा रहेको कोमल भ्रूणलाई समेत असर पुर्‍याउँछ । चुुरोट पिउने गर्भवतीबाट कम तौल भएको बच्चा जन्मने, जन्मेको केही दिनमै मर्न सक्ने, बच्चाको वृद्धि विकास रोकिने र कसै–कसैमा मृत बच्चा जन्मने हुुन सक्छ । धुमपानी आमाबाबुुका छोराछोरीमा पटकपटक रुघाखोकी, ब्रोङकाइटिस, निमोनिया जस्ता छातीका रोगबाट संक्रमित हुुने सम्भावना बढी हुुन्छ । बालकहरू ख्याउटे, स्वाँ–स्वाँ गरिरहने, कान पाक्ने, कान नसुुन्ने, सिकुुटे हुुनुुका साथै सक्रिय धुमपानकर्तामा भैंm अन्य अनेकन रोग देखिन्छन्, धुुवाँबाट बच्नेहरूमा पनि ।


सार्वजनिक स्थलमा धुमपान गर्नेले आफूलाई मात्र नमारी आफूसँग बस्नेलाई पनि लामो समयसम्म कष्ट दिई, तड्पाइतड्पाई मार्ने एक किसिमको हत्यारा भएकाले धुमपानको खराबीको बारेमा जनचेतना अभिवृद्धि गर्नुुपर्ने तथा बनेका ऐनकानुुन तत्काल कार्यान्वयनको खाँचो छ ।

सार्वजनिक ठाउँमा धुमपान गर्नुु मर्यादाबाहिर हो, लज्जास्पद हो, सार्वजनिक कानुुनविरुद्ध हो र जघन्य अपराध पनि हो भन्ने तथ्य आत्मसात गर्दे सुुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र नियमावली आयो । ऐन र नियमावली लागू भएपछि सार्वजनिक स्थलमा धुमपान गर्नेलाई एक सय, १८ वर्Èम¬निका र गर्भवतीलाई बिक्री गर्नेलाई हजार, सार्वजनिक कार्यक्रम प्रायोजन गर्ने कम्पनीलाई एक लाखसम्म र बट्टामा सन्देश नलेख्नेलाई ५० हजारसम्म जरिबाना ह¬ने आशा थियो । ऐनमा सार्वजनिक स्थलमा धुमपान निषेध मात्रै होइन, सबै प्रकारका सञ्चारमाध्यममा प्रचार–प्रसार र विज्ञापन गर्न तथा अाकर्षक नारा, चित्र प्रयोग गर्न पनि रोक लगाइएको छ ।

विद्युुतीय सञ्चारमाध्यममा २०५५ फागुुन ७ देखि नै धुमपानसम्बन्धी विज्ञापनमा रोक लागेको भए पनि छापा, भित्तेलेखन, होडिङ बोर्ड, लोगोजस्ता माध्यमबाट पनि प्रचारप्रसार र प्रायोजन गर्न/गराउन नपाइनेछ । तोकिएको पसलले मात्र चुुरोट तर फ¬टकरमा बिक्री गर्न नपाउने व्यवस्था छ । अन्य व्यक्तिलाई असर पर्ने गरी घर र निजी सवारी साधनमा समेत धुमपान गर्न पाइने छैन । सार्वजनिक स्थलमा धुमपान वा सुर्तीसेवन गर्ने व्यक्तिलाई एक सय रुपैयाँ जरिबाना वा सार्वजनिक स्थलबाट हटाउने वा दुुवै गर्न सकिनेछ भने कर्मचारी भए तुुरुन्त रोक लगाउने, पटकपटक गरे अनुशासन नरहेको मानी सचेत गराउने वा विभागीय कारबाहीसमेत गर्न सकिने उल्लेख छ ।

सुुर्तीजन्य पदार्थ उत्पादकले त्यस्ता वस्तुुको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी भागमध्ये कम्तीमा ७५ देखि ९० प्रतिशत भागमा सुुर्तीजन्य पदार्थ हानिकारक भएको चेतावनीमूलक शब्द, सन्देश र उत्पन्न घातक रंगीन चित्र प्रस्टरूपले झल्किने गरी नेपाली भाषामा अंकित गर्नुुपर्नेछ । प्याकेटमा लेबुुल, ट्रेडमार्क, चिन्ह, उत्पादकको नाम, ठेगाना र निकोटिनको मात्रासमेत उल्लेख गर्नुुपर्नेछ । १८ वर्ष कम, गर्भवती महिलालाई बिक्रीवितरण वा निःशुुल्क दिन पाइने छैन । शिक्षण तथा स्वास्थ्य संस्था, बाल शिशुु कल्याण, स्याहार केन्द्र, अनाथालय, वृद्धा श्रमलगायतका सार्वजनिक स्थलसँग जोडिएका घरपसलबाट तथा एक सय मिटरभित्र समेत सुुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न पाइने छैन । पसलेले कुनै ग्राहकको उमेरबारे यकिन हुुन चाहेमा ऊसँग आवश्यक प्रमाण माग गर्न सक्ने अधिकार छ ।

धुमपान गर्न निश्चित ठाँउमै पुग्नुपर्ने व्यवस्थाले अम्मलीको लत कम गर्न मद्दत पुग्नेछ, आमजनता अम्मलीको लतको सिकार हुुनुुपर्ने छैन र सार्वजनिक स्थलमा धुुवाँ उडाउँदै सर्वसाधारणको स्वास्थ्यको खिल्ली उडाउनेलाई पनि तह लगाउन सकिनेछ भन्ने विश्वास थियो, तर व्यवहारमा कागजमै सीमित बनेको छ अन्य नियमजस्तै । हामीले भुुल्नुु हुुँदैन कि सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न स्वास्थ्य समस्याबाट विश्वमा बर्सेनि ६० लाख मानिसको ज्यान जाने गर्छ । यही अवस्था रहिरहने हो भने २०३० सम्ममा मर्नेहरूको संख्या बर्सेनि ८० लाख पुग्ने प्रक्षेपण छ । बीसौं शताब्दीमा एक करोडलाई मृत्युवरण गराइसकेको धुमपानले एक्काईसौं शताब्दीमा एक अर्ब व्यक्तिलाई मार्ने अनुुमान छ । त्यस्तै निस्क्रिय धुमपानबाट वार्षिक ६ लाख बढीको मृत्यृ भइरहेकोमा एकचौथाइ बालबालिका छन् । धुमपानका कारण नेपालमा दैनिक ६७ जना व्यक्तिले ज्यान गुुमाउने गर्छन् । मृत्यु हुुनेमा तीन भाग पुुरुÈ र दुुई भाग महिला छन् । सुुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगको उपचारमा सरकारले प्रत्यक्षरूपमा वार्षिक चार अर्ब र परोक्ष रूपमा ४७ अर्बभन्दा बढी बजेट खर्च गर्ने गर्छ ।

एकल रोगभन्दा बढी मृत्युुकारक रोग निम्त्याउने धुमपानले २५ किसिमका रोग र विभिन्न दुुईतिहाइजति क्यान्सरहरू प्रत्यक्ष बनाउ“छ । सुुर्ती सेवनले असर नपार्ने शरीरको कुुनै तन्तुु छैन । धुमपानले स्वास्थ्यमा प्रतिकूल असर मात्र पार्दैन, आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पुर्‍याउँछ ।

अन्त्यमा, धुमपानले स्वास्थ्यमा प्रतिकूल असर पारी प्राणघातक रोग र क्यान्सर लगाउनुुका साथै आर्थिक, सामाजिक, वातावरणीय विभिन्न रूपमा अपुुरणीय क्षति पुर्‍याई मानिसलाई कंकाल र समाज तथा राष्ट्रलाई कंगाल बनाउने गर्छ । सार्वजनिक स्थलमा धुमपान गर्नेले आफूलाई मात्र नमारी आफूसँग बस्नेलाई पनि लामो समयसम्म कष्ट दिई, तड्पाइतड्पाई मार्ने एक किसिमको हत्यारा भएकोले धुमपानको खराबीको बारेमा जनचेतना अभिवृद्धि गर्नुुपर्ने तथा बनेका ऐनकानुुन तत्काल कार्यान्वयनको खाँचो छ ।

-डा. बुुढाथोकी वीर अस्पताल कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.