जागरण दाैडाहा

जागरण दाैडाहा

२००७ सालमा राणाहरूको पारिवारिक हुकुमी शासन हटाएर विधिको शासन ल्याउन धेरै योद्धाहरू सहभागी थिए । त्यस समयमा मेची अञ्चलका धेरै युवा आन्दोलनमा कुदेका थिए । मेचीमा भैरवप्रसाद आचार्य, धर्मप्रसाद ढकाल, नरेन्द्रनाथ बाँस्तोला, जी.देवीप्रसाद उप्रेती, फत्तेबहादुर बुढाथोकी, दलकृष्ण श्रेष्ठ, सीताराम भट्टराई, पेशल शर्मा, जीबी याकथुम्बा, देवीसिंह क्षेत्री, हंसनारायण चौधरी आदि योद्धाहरूको नाम इतिहासमा अंकित छ । डीपी अधिकारीहरूले किसान आन्दोलन चलाउने कोसिस गरेको पनि उल्लेख भएको पाइन्छ । यी सबै योद्धाहरू सीमापारी गएर खानेपिउने बासबस्ने र कलकत्तालगायत राजनीतिक सम्पर्क सूत्रका रूपमा नेतृत्वदायी भूमिकामा थिए महानन्द काफ्ले ।

सानोमा वनझाक्रीले अपहरण गरेका काफ्ले जवान हुने बेला भागेर बनारस पुगे र साधुसन्तहरूको संगत चित्त नबुझेर उनी त्यहाँबाट दक्षिण मदुराईका त्रिकालदर्शी दण्डिस्वामीका चेला भएर बसे । त्यस क्रममा संस्कृतमा शास्त्री मात्र उत्तीर्ण नगरी उनले ज्योतिष शास्त्रमा पनि गहिरो ज्ञान हासिल गरेर उनी योगी हुने मार्गमा लागेकोमा उनका गुरुले प्रारब्ध अर्कै भएको तथा घरमा पतिव्रता स्त्री भएकोले घर फर्काइदिए । केही समय आफ्नो गाउँ बसेर पछि सिलगढी सरेका काफ्लेले राम्रो धनसम्पत्ति जोडे, जसबाट उनले आफ्नो देशमा राजनीतिक परिवर्तनका लागि तथा आफू बसेको क्षेत्रका नेपाली वा गोर्खा समुदायका लागि तन, मन र धनले अनेकौं उल्लेखनीय काम गरे, कामको अगुवाइ गरे ।

उनी गोर्खा दुःख निवारण संघलगायत धेरै संस्थाहरू आफ्नै खर्चमा सञ्चालन गर्न पछि परेनन् । नेपालमा हुने सशस्त्र क्रान्तिको समेत उनले सिलगढीमा परिचालन गरेका थिए । यस्ता विशिष्ट इतिहास पुरुषलाई नेपालको सरकार, राजनीतिक दल र सामाजिक संघसंस्थाहरूले पूर्णरूपमा उपेक्षा गरे पनि उनका एकमात्र जीवित छोरा गोविन्द काफ्लेले हाम्रो जातीय विधि विधानअनुसार आफ्ना पिता महानन्द काफ्लेको पुण्यस्मृतिमा माघ १६ गतेदेखि २३ गतेसम्म आठ दिन महायज्ञ र अनुष्ठान सम्पन्न गरे ।

झापाको अर्जुन नगरपालिका-९ शनिश्चरेमा सम्पन्न प्रातःस्मरणीय पिता महानन्द काफ्लेको पुण्यस्मृतिमा साण्डिल्य तथा अन्य पितृहरूको कैवल्य मोक्षप्राप्तिका निम्ति नवौं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा नवाह शिवशक्ति अनुष्ठानको भव्य आयोजनाको कार्यक्रममा योगी नरहरि अन्तर्राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष समेत रहेका गोविन्द काफ्लेले काठमाडौं, झापा, तेह्रथुम, ताप्लेजुङ, दार्जिलिङ सिलगढीलगायत देशविदेशबाट धेरै विद्वान विदुषीहरू निम्त्याइएका थिए । अनुष्ठानको सातौं र आठौं दिन सयौं व्यक्तित्वहरूलाई सम्मान र योगदानबापत कदरपत्रहरू प्रदान गरियो । यस्तै माघ २३ गते मुख्य अतिथिका रूपमा मैले महानन्द काफ्लेको स्मृतिमा दस लाखको अक्षय कोषबाट प्रदान गरिने पुरस्कारको घोषणा गर्ने अवसर पाएँ । यस्तै गोर्खा दुःख निवारण संस्थाका सभापति पेम्बा बम्जनले महानन्द स्मृति स्तम्भको शिलान्यास गर्नुभयो ।

काठमाडौंबाट २२ गते मध्यान्नमा उडान समय भए पनि बुद्ध एयरको विमान झन्डै चारघन्टा ढिलो उड्ने भएर विमान स्थलभित्रको अव्यवस्थित घुइँचोले रन्थनिएको मान्छे चारबजे उडेर सवा पाँचबजे भद्रपुर पुग्दा ज्यादै थकित थिएँ । छ बजेतिर काफ्ले कुटिर शनिश्चरे पुग्दा गोविन्द काफ्ले यज्ञकुण्डको परिक्रमा गर्दै चरुहोम गर्दै हुनुहुन्थ्यो । म छेउको कुर्र्सीमा बसेको थिएँ । त्यहीं काफ्लेजी आइपुग्दा एकजना दर्शनार्थीले कलियुगमा यस्तो राजसुययज्ञ गरेर सबको कल्याण गर्ने काम गरेकोमा तपाईंको खुट्टा ढोगेर पुण्यलाभ गरौं भनेर आएको भनें ।

नेपालका वनवासी राजा ज्ञानेन्द्र शाहलाई आआफ्नो देशको सुरक्षाका लागि गद्दीमा फर्किन अनुरोध गर्दै थाइल्यान्डको राजधानी बंैककमा वार्ता भइरहेको सायद यस्तै सुकर्मको फल होला भन्ने कुराको चर्चा त्यहीं चल्यो । सात दिनसम्म साँझ शास्त्रहरूको व्यासाचार्य पण्डित रघुनाथ रिजालद्वारा लगातार पाठ भइरह्यो भने केही समय भजन र गीतसंगीतको कार्यक्रम चल्थ्यो । कसैले भजनको समयमा उत्ताउलोपन प्रदर्शन गरेर नाचेको देखिएन । हजारौं भक्तजनमा कसैले पनि कुनै नसा र धुवाँ तानेको कतै देखिएन । पण्डाल क्षेत्रमात्र होइन शनिश्चरे र अर्जुन नपाका कतिपय वस्ती मध्यपान, धुम्रपान र अन्य कुनै प्रकारका दुव्र्यसनबाट मुक्त रहेको देख्दा आज पनि यो देशको नैतिक सोच क्रियाशील छ भन्ने अनुभूत गरेँ ।

त्यसै साँझ रञ्जन देवकोटाको नेतृत्वमा नेपाली राष्ट्रिय पोसाक लगाएका कलिला युवाको एक टोली मलाई भेट्न आए । राष्ट्रियता संरक्षण युवामञ्च नेपालका ती युवाले झापामा राष्ट्रिय जागरणका लागि आफ्नो पहिचानको खोजी गर्दै नेपाली संस्कार र संस्कृतिलाई पुनस्र्थापना गर्न संगठित प्रयासको श्रीगणेश गरेका रहेछन् । ती युवासँग आनन्दले छलफल गर्ने अवसर प्राप्त भयो । मैले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र आफ्ना संस्कारहरू त्यसै बिर्सिएका होइनन् । त्यसका पछाडि लामो समयदेखि विदेशी महाशक्ति राष्ट्रहरूको अति ठूलो चलखेल छ ।

मैले राष्ट्रिय पोसाक लगाएका रञ्जन देवकोटाको टोलीलाई भनें ‘हाम्रो सभ्यता, संस्कृति, धर्म, रीतिरिवाज र अन्य प्रचलन बिगार्ने योजना औपनिवेशिक शक्तिले कसरी गर्‍यो भन्ने कुरा जान्नका लागि बेलायतका लर्ड मकाउली भन्ने व्यक्तिले १८३५ फरवरी २ तारेखका दिन बेलायको संसद्मा गरेको भाषणबाट थाहा हुन्छ । लर्ड मकाउलीहरूले योजनाबद्ध तरिकाले दक्षिण एसियामा शिक्षा पद्धतिमार्फत हाम्रा शास्त्र, सोच र इतिहास कसरी बदलेका थिए भन्ने जान्नु जरुरी छ भनी बताएँ ।

कार्यक्रममा समाजसेवी पेम्बा बम्जन, पत्रकार तथा साहित्यकार युवराज काफ्ले, कथाकार ज्ञानेन्द्र खतिवडा, चिन्तक रामकृष्ण मुडुला कार्की कवयित्री लतिका जोशी, इतिहासकार टीआर गिरी, कवि शुकराज दियाली, कथाकार उषा गहतराज, उपन्यासकार रुद्र ब्राह्मण, साहित्यकार मणिकुमार शर्मा पोखरेल, पत्रकार टंक काफ्ले र तिलक लम्सालजस्ता विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाएकोमा मैले आफू पनि धन्य भएको अनुभव गरें ।

त्यसैले मैले योगी नरहरिनाथ, स्वामी डा.प्रपन्नाचार्य मात्र होइन पालनहार शेषशाही श्री विष्णुका नामबाट नेपाल बनेको यस देशबाटै देवादिदेव महादेवले ब्रह्माण्डमाथि नेपालबाटै राज गरेको, उनैको राज्य देवताहरूका राजा इन्द्रले पाएको र उनले पृथ्वीको राज्य आफ्ना छोरा मष्टो देवलाई दिएको र हाम्रा कुलायन मष्टोबाट प्रथम मानव शासक मनुले राज्य पाएर मान्मबाट मानमीमाथि शासन गरेको, नवनाथ चौरासी सिद्ध र अठासी हजार ऋषिमुनि एवं तेत्तीस करोड देवताले बास गरेको हाम्रो देशमा जन्मेका महानन्द काफ्लेजस्ता मिल्केका झिल्काहरूको हामीले जीवनमा एकचोटी स्मरण गर्दा पनि ठूलो पुण्य प्राप्त हुने कुरा सभामा राखेको थिएँ ।

माघ २४ गते गोविन्द काफ्ले, म र राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका मेची संयोजक लोकनाथ भारतीसँगै गार्गी वेद प्रतिष्ठानमा गयौं । त्यहाँ कविसुरी रोहिणीविलास लुइँटेल हामीलाई आफ्ना छात्राहरूसहित पर्खिरहनुभएको थियो । सबैले संस्कृतमा संवाद र अध्ययन गर्ने त्यस प्रतिष्ठानमा पुग्दा मैले जगत्मा जेठो मानव सभ्यताले जन्म लिएर नेपालको मूल माऊ भाषा संस्कृतलाई माया गरेकोमा आज नेपालमा लादिएको धर्मयुद्धको अन्त्य गर्ने प्रथम पाइलोका रूपमा त्यसलाई ग्रहण गरें । त्यहाँ विद्यार्थी यशोदा पोखरेलले स्वागत गर्दै मोही खुवाएर आफ्ना ससुरा काशीनाथ पोखरेलले लेख्नुभएको ‘सनातन धर्म एक चिन्तन' भन्ने एक पुस्तक प्रदान गर्नुभयो ।

त्यहाँबाट हामी कालिस्थानमा रोहिणीविलास लुइँटेलको घरमा गयौं । त्यहाँ लुइँटेल र उहाँका मित्र कविहरूले छन्दमा लेखेका कविताहरूको संग्रह छपाउन आफ्नो पेवा खर्च गर्ने पत्नी घनमाया लुइँटेललाई पनि भेट्ने अवसर पाइयो । त्यस अवसरमा लुइँटेलले पृथ्वीको माया (सूक्ष्म काव्य) का साथै समाजसेवी तथा गोर्खा लिगका नेता पण्डित नरपति लुइँटेलबारे संकलित कृति प्रदान गर्नुभयो । त्यहाँबाट हामी जगत्जननी पाथीभरा नामले जानिने देवी दुर्गाले एक फड्कोमा हिमालबाट एक पाइला टेकेर कोलकाता भनिने कालिकट जानुभएको स्थान कालिस्थान मन्दिर झापाको वेदपाठी विद्यालयमा पुग्यौं ।

त्यहाँ व्यासाचार्य पं.रघुनाथ रिजाल र उहाँका सहयोगी अध्यापकहरू र विद्यार्थीहरूले हाम्रो स्वागत गरे । त्यहाँ मैले माताकालीलगायत विभिन्न देवीदेवताहरूको साथै राष्ट्र गुरु योगी नरहरिनाथको प्रतिमामा फूल चढाएँ । त्यहाँ योगीजीको कृपाले सिकेको ऊर्जा उपचार पद्दति शिक्षक विद्यार्थीहरूलाई सिकाएँ । गोविन्द काफ्लेले हामीहरूलाई त्यहाँबाट सालघारीको बीचमा रहेको भुवनेश्वर मन्दिर पुर्‍याउनुभयो । त्यही साँझ सात बजेपछि भव्य भजन कार्यक्रम भयो ।

हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र आफ्ना संस्कारहरू त्यसै बिर्सिइएका होइनन् । त्यसका पछाडि लामो समयदेखि विदेशी महाशक्ति राष्ट्रहरूको अति ठूलो चलखेल छ ।

त्यहाँ मैले धेरै जागरुक युवा भेटें, जसमा जीवन कडरिया, रामप्रसाद खरेल देवराज गौतम, जीवन रिजाल, भक्तमाया भट्टराई आदिले विशेष सक्रियता देखाएको भुवनेश्वर मन्दिरको कार्यक्रममा मन्दिरका निर्माता शान्तवीर बुढाथोकीले सेवा गरेर आफूले सिकिस्त बिरामीबाट पुनःजीवन पाएको मार्मिक प्रसंग प्रस्तुत गरेका थिए । राती अबेलासम्म चलेको कार्यक्रममा आफ्नो जीवित देवता पुज्ने संस्कार बचाउने जागरुकताको पक्षमा देशमा जातीय विखण्डन ल्याउन कसैलाई आर्य, कसैलाई मंगोल भनी हामीलाई खण्डित पार्ने चलखेलविरुद्ध योगी नरहरि, स्वामी प्रपन्नाचार्य, महानन्द काफ्ले आदिका रचनाहरू पढ्न मैले अपिल गरें ।

उक्त सभाको अन्त्यमा जीवन कडरियाले मलाई नेपाली समाजको विखण्डनबाट बचाउन के गर्नु पर्ला भनी सोधें । भोलिपल्ट मैले चन्द्र भण्डारीले कञ्चनजंघा एफएमका लागि लिएको अन्तर्वार्ता र त्यसपछि विर्तामोडको लालचोकनेर देशभक्त नागरिक अभियानले गरेको जनसभामा विस्तृत विवेचनाका साथ आफ्नो विचार प्रस्तुत गरेँ । नेपालका विभिन्न जातीय समुदायहरूको मूल छुट्याउने लर्ड मकाउलीका चेलाहरू म्याक्स मुलरलगायतका पश्चिमा समाजशास्त्रीहरूले प्रस्तुत गरेको आर्य मंगोल द्रबिड आदि जस्ता नक्कली इतिहासको अहिले ओरिएन्टल लर्निङ इन्स्टियुट थाना मुम्बैका इतिहासकार र समाजशास्त्रीहरूले भण्डाफोर गरेको मैले सार्वजनिक गरें ।

राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका नेता लोकनाथ भारतीले अंग्रेजहरूका दास सुनितिकुमार चटर्जीले नेपालका एकै मुलका बासिन्दालाई कसरी आर्य र मंगोल बनाए भन्ने कुराको जानकारी डा.स्वामी प्रपन्नाचार्यले किरातहरू मंगोलियाबाट आएका शरणार्थी होइनन् भन्ने पुस्तक पढेर खस र किरातहरू एकै परिवारका हुन् र तिनको बीचमा फुटाउने साम्राज्यवादी षड्यन्त्र हामीले बुझ्नुपर्ने बताए ।

सभाका सभापति रामचन्द्र बानियाले दलहरूले नेपालको आन्तरिक राजनीतिक निर्णयमा विदेशीलाई साँचो बुझाएको र सबै निर्णय बाहिरबाट हुने कुराको अब अन्त्य हुनुपर्छ र सुगौली सन्धिअनुसारको ६० हजार भन्दा बढी नेपाली भूमि फिर्ता लिनुपर्छ भन्ने उद्घोष गरे । झापाका पेसानिष्ठ लोकप्रिय पत्रकार स्व.मदन ढकालको तस्बिरमा श्रद्धाका फूल चढाएको जनसभामा वामपन्थी सुरेन्द्र कार्की नेपाली कांग्रेसका प्रल्हाद सापकोटा, महेन्द्र्र भट्टराई, कृष्ण चुडाल, विवेक दंगाल भागवत काफ्ले, भुपाल खरेल आदिले एकै स्वरले नयाँदिल्लीमा भएको बाह्रबुँदे सम्झौताले लादिएको संविधान खारेज गर्न माग गरे र प्रायले २०४७ को संविधान पुनस्र्थापित गरिनुपर्छसमेत भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.