ढिस्कोले च्यापिएर घाइते भएका मजदुरको मृत्यु
जाजरकोटः जाजरकोटमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते भएका एक कामदारको मृत्यु भएको छ।
लहँ–६ गेरिने भीर स्थित नलसिंहगाड जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा ढिस्कोले च्यापिएर घाइते भएका रुकुम घेत्म–२ का २७ वर्षीया अनन्त विकको थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बुधवार मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलवार घाइते भएका कामीलाई तत्काल प्राथमिक उपचार केन्द्र दल्लीमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए।