पश्चिम सेती

पश्चिम सेती

लामो समय प्राविधिक खिचातानी र अर्थाभावबाट ग्रस्त पश्चिम सेती जलविद्युत् परियोजनाले करिब दुई वर्षअघि पुनर्जीवन पाउने संकेत देखा पर्‍यो, चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) सँग नयाँ सहमति बनेपछि । सात सय ५० मेगावाट क्षमताको उक्त परियोजना प्रस्तावित समयसीमा या सन् २०१९ सम्म बन्ने आशा गर्नु अस्वाभाविक थिएन किनकि निर्माता कम्पनीले त्यो अपेक्षाअनुकुलको छवि बनाएको थियो ।

तर संसद्को प्राकृतिक तथा स्रोतसाधन समितिले उक्त परियोजनामा विद्युत् प्राधिकरणमार्फत कम्तीमा २५ प्रतिशत 'सेयर' नेपालको हुनुपर्ने निर्देशन दिएपछि अहिले पुरानो सहमतिलाई नयाँ मस्यौदाका रूपमा फेरि दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सीटीजीआईसँग सोमबार भएको मस्यौदा सहमतिमा संसदीय समितिको निर्देशनलाई आदर गरिए पनि त्यसको लागत र परियोजनाले पूर्णता पाउने मिति तोकिएको छैन । तर नेपालको २५ प्रतिशत सेयरको अनुपातमा उसले गर्नुपर्ने लगानीको लागि चिनियाँ एक्जिम ब्यांकद्वारा सहज ऋण उपलब्ध गराउन चिनियाँ पक्षले सहयोग पुर्‍याउने वचन दिएको छ र त्यसले परियोजना खर्च जुटाउन सहज वातावरण ल्याउने अपेक्षा गर्न सकिन्छ ।

पश्चिम सेतीले सुदूरपश्चिम नेपालको अँध्यारो हटाई सिँचाइसँगै औद्योगीकरणको मार्गप्रशस्त गर्ने आशा अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले दुई दसकअघि परियोजना लिएदेखि नै हुन थाले पनि यता आएर त्यो निराशामा र संगठित आक्रोशमा परिणत हुन थालेको छ, स्थानीय तहमा ।

अक्सर, नेपाल पक्ष सहमति गर्न हतार देखिन्छ तर त्यो सहमति कार्यान्वयन गर्ने वातावरण बनाउन ऊ त्यति सक्रिय र संवेदनशील देखिँदैन । न त ऊ परियोजनाका ठेकेदार पक्षलाई समयमा काम नहुँदा जवाफदेही नै बनाउने हैसियत प्रदर्शन गर्न सफल भएको छ ।

यसपटकको मस्यौदा सहमतिमा पनि परियोजनाको लागत, निर्माण प्रारम्भ र समाप्त हुने मिति तथा आयोजना क्षमताबारे केही खुलाइएको छैन । पश्चिम सेती परियोजना पहिल्यैदेखि सात सय ५० मेगावाट क्षमताको भनिँदै आएकोमा अहिले त्यसको क्षमतामा किन द्विविधा बन्न पुग्यो ?

क्षमता नै विवादित रहेपछि कति क्षमताको निर्माणमा जाने ? के यो द्विविधाले फेरि यो सहमति मस्यौदालाई अर्थहीन नतुल्याउला ? यसअघि दुवै पक्षले सहमति जनाएको सात सय ५० मेगावाटको साटो चीनले ६ सय मेगावाट मात्र उत्पादन हुन सक्ने कुरा किन निकाल्यो ? यी विषयको निराकरण समयपूर्व या अन्तिम सहमतिपूर्व नै हुनु उपयुक्त हुनेछ ।

नेपालमा खासगरी जलविद्युत्माथि लगभग एकलौटी नियन्त्रण जमाउन प्रयासरत भारतको आलोचना हुनुको एउटा मुख्य कारण हो, उसले समयमा परियोजना पूरा नगर्नु । यो नेपालीहरूको मात्र मान्यता हैन । वास्तवमा प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनापछि नेपाल भ्रमणमा आएका नरेन्द्र मोदी स्वयंले 'अब भारतीय परियोजनाहरू निर्धारित समयमै पूरा हुने आश्वासन दिएका थिए ।

तर त्यो आश्वासनपछि पनि त्यस्तो कुनै सुधार देखिएको छैन, परियोजना कार्यान्वयनको तीव्रतामा । चीनसँग जलविद्युत् परियोजना निर्माणको यो आशावादी चरण भारतसँग जस्तै अविश्वासमा समाप्त हुनु हुँदैन । यथार्थ विश्लेषण र नाफा र नोक्सानको चित्तबुझ्दो वैज्ञानिक अध्ययनपछि मात्र त्यसमा हस्ताक्षर हुनु उपयुक्त हुनेछ । वास्तवमा यो हस्ताक्षरपछि निर्धारित समयमा परियाजना पूरा गर्ने प्रतिबद्धता चीनले नै गर्नुपर्दछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.