कोकिनसहित दुई मलेसियन पक्राउ

कोकिनसहित दुई मलेसियन पक्राउ

काठमाडौः डेढ किलो लागू औषध कोकिनसहित दुई मलेसियन नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एलिस जोसेफ र मागेनथिरन रजाह छन् ।लागूऔषध नियन्त्रण ब्यूरोले लामो अनुसन्धानपछि उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

घटना सार्वजनिक गर्न ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । ‘ बरामद कोकिन ब्राजिलबाट अबुदावी हुँदै नेपाल आएको र अन्तिम गन्तव्य हङकङ रहेको अनुसन्धानबाट खुलेको छ,'ब्यूरोका प्रमुख डीआइजी जयबहादुर चन्दले भने,‘ कोकिन तस्करी गर्न नाईजेरियन समुहले मलेसियन नागरिकलाई भरिया बनाएर प्रयोग गरेको देखिन्छ ।'

ब्यूरोका अनुसार यो घटनामा हङकङ, मलेसिया र ब्राजिलमा बस्ने गिरोह सक्रिय भएर लागेका थिए । हङकङको जिम्मा नाईजेरियन नागरिक म्याक्स र मलेसियाको जिम्मा प्रकाश राव र तारा नामकी महिलाले लिएका हुन्छन् । बरामद कोकिनको अन्तराष्ट्रिय बजार मूल्य तीन करोड रुपैया रहेको ब्यूरोले जनाएको छ ।

कसरी नेपाल ल्याउन सफल भईन् एलिस ?

पढाईमा स्नातकोत्तर गरेकी भारतीय मूलकी मलेसियन नागरिक एलिस ट्रान्सपोर्टको व्यापार गर्दै आएकी हुन्छिन् । उनलाई पैसाको खाँचो पर्छ । मलेसियन नागरिक प्रकाश राव र तारा नामकी महिलासँग एलिसको रामै चीनजान हुन्छ । रावले ‘एउटा ठूलै डिल हुन लागेको छ, ब्राजिलबाट सामान नेपाल पुर्‍याउनुपर्छ' राम्रै आम्दानी हुन्छ भनेपछि एलिस ब्राजिल जान राजी हुन्छिन् ।

२०१६ नोभेम्बर २८ मा एलिस क्वालालाम्पुरबाट अबुधावी हुँदै ब्राजिल पुग्छिन् । ब्राजिलको साओ पाउलोमा पुगेपछि ब्राजिलियन नागरिक क्रिससँग एलिसको भेट हुन्छ । प्रकाशले नै क्रिसँग समान बुझेर नेपाल पुर्‍याउनु भनेका हुन्छन् । एलिसलाई भेट्ने वित्तिकै क्रिसले कोकिन दिंदैन् ।

करिब दुई घण्टाको सवारीयात्रापछि स्थानीय एक युवतीमार्फत कोकिन एलिसको हात पर्छ । क्रिसले एलिसलाई सिधै साओ पाउले एयरपोर्ट जान आग्रह गर्छ । कालो झोलामा फल्स बटम प्रयोग गरि राखिएको एक किलो पाँच सय ग्राम कोकिन बोकेर एलिस २९ नोभेम्बरमा ईत्तेहाद एयरलाईन्सबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिछिन् । विमानस्थलको कडा सुरक्षा जाँचले पनि एलिसले बोकेको कोकिन ठम्याउन सक्दैन ।

ब्राजिलबाटै अनलाईमार्फत होटल बुकिङ

काठमाडौंको विमानस्थलमा पक्राउ नपरेको अवस्थामा अवैध सामान कसरी कहाँ लुकाउने भनेर सुरक्षित स्थान एलिसले ब्रजालिमै हुँदा ठमेलको एउटा होटलको कोठा बुक गर्छिन । होटलमा पुग्ने वित्तिकै एलिसले तारालाई फोन गर्छिन् ।

ताराले म्याक्सलाई फोन गरेर एलिस काठमाडौं पुगेको खबर दिन्छन् । काठमाडौंमा कोकिन ‘रिसिभ' गर्न मंगलबारै नेपाल उत्रिएका रजाहलाई म्याक्सले फोन गरेर एलिसलाई भेट्न निर्देशन दिन्छन् । नृत्यमा राम्रै दख्खल भएका रजाह नृत्य सामाग्री खरिद गर्न काठमाडौं आएका बेला उनलाई म्याक्सले प्रयोग गरेका थिए ।

म्याम्याक्सले एलिसलाई रजाहको फोटो भाईबरमा पठाएर सम्बन्धीत व्यक्तिलाई कोकिन दिन आग्रह गर्छन् । म्याक्सले भने बमोजिम एलिसले कोकिन रजाहलाई दिन्छिन् । ब्यूरोको प्रहरी टोलीले विमानस्थलदेखि नै विशेष सूचनाका आधारमा उनीहरुलाई निगरानी गर्दै आएको हुन्छ र बुधबार अपरान्ह पक्राउ गर्छन् । ब्यूरोका अनुसार रजाह कोकिन बोकेर सिधै ड्रागन एरवेजबाट बुधबार राती हङकङ जाने तयारीमा रहेका हुन्छन् ।

ब्राजिल र पेरु कोकिनको ‘हब सिटी'

काठमाडौंमा कोकिन ‘ रिसिभ' गर्न आएका रजाहलाई एलिसले ब्राजिलबाट ल्याएको कोकिन दिएकी थिईन् । यसअघिका अधिकांश कोकिन बरामद ऋंखलामा समेत कोकिनको मुख्य थलो ब्राजिल र पेरु देखिएका छन् । ‘ कोकिनमा पैसैपैसा छ, तस्करीका गिरोहले ब्राजिल र पेरुबाट ल्याएका कोकिन नेपालाई ट्रान्जिट बनाई तस्करी गर्छन,' ब्यूरोका प्रमुख डीआइजी चन्दले भने ।

नेपालमा २०६८ मा पहिलो पटक कोकिनसहित विदेशी नागरिक पक्राउ परेका थिए । पाच वर्षका अवधिमा प्रहरीले साढे २५ किलो कोकिनसहित १८ जनालाई पक्राउ गरिसकेको छ । कोकिन तस्करीमा नेपालीसहित भेनेजुयाली, नाईजेरियन, भारतीय, चिनियाँ, दक्षिण अफ्रिकी, थाई, मलेसियाली र पाकिस्तानी नागरिक पक्राउ परिसकेका छन् ।

उनीहरुले ब्राजिल र पेरुबाटै कोकिन नेपाल ल्याउन सफल भएको देखिन्छ । ब्यूरोको हालसम्मको अनुसन्धान अनुसार ब्राजिलमा रहेका नाईजेरियाली समुहले नेपाललाई ट्रान्जिट बनाई पेरु र ब्राजिलको कोकिन भारत, मलेसिया, थाईल्याण्ड, पाकिस्तान हुँदै युरोपियन र अमेरिकी मुलुकमा तस्करी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.