कुमारी क्रेडिट कार्ड संचालनमा
काठमाडौः कुमारी बैंक लिमिटेडले कुमारी क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले थप सेवा, सुविधा विस्तार गर्ने क्रममा कुमारी क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो ।
स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार गर्ने सबै एटिएम र व्यापारिक केन्द्रहरुमा कुमारी भिसा क्रेडिट कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । नेपालका थोरै बैंकले मात्र प्रयोगमा ल्याएको चिप बेशमा आधारित कार्डमा उच्च सुरक्षा एवम् न्यून जोखिमको कारण विदेशमा पनि यस्तो कार्डको प्रयोग बढ्दो क्रममा रहेको बैंकले जनाएको छ ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै भिसा क्रेडिट कार्ड बैंकका सबै ३६ वटै शाखाहरुवाट उपलब्ध गराउने र बैंकका विद्यमान ग्राहकहरु मात्र नभई क्रेडिट कार्ड लिन चाहने नयाँ ग्राहकहरुले पनि यो सुविधा उपभोग गर्न सक्नेछन् ।
बैकले यसअघि नेपाल तथा भारतमा प्रयोग गर्न सकिने डोमेष्टिक कार्ड र डलरमा सञ्चालन हुने इन्टरनेशनल कार्ड विश्वव्यापी प्रयोग ल्याइसकेको छ ।
यसअघि बैंकले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत प्रयोगमा आउने कुमारी भिसा डेबिट कार्ड पनि प्रयोगमा ल्याइसकेको छ । कुमारी बैंक लिमिटेडको हाल काठमाडौँ उपत्यका भित्र ११ र उपत्यका बाहिर २५ गरी कुल ३६ शाखाहरु, २ एक्सटेन्सन काउन्टरहरु तथा ४६ एटिएमहरु सञ्चालनमा रहेका छन् ।