न्युजिल्याण्डमा ७.१ म्याग्निच्यूटको भूकम्प
एजेन्सीः न्युजिल्याण्डमा गएराति शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्यूटको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ ।
न्युजिल्याण्डको गिस्ब्रोनबाट एक सय ६९ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने समुन्द्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको क्षतिका बारेमा कुनै जानकारी आएको छैन् । स्थानीय क्षेत्र तथा टापूमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।