राजु क्षत्रीको लघुकथा ‘भाग्य र कर्म’ सार्वजनिक
पोखराः साहित्यकार राजु क्षत्री ‘अपुरो’ को लघुकथा संग्रह ‘भाग्य र कर्म’ को पोखरामा सार्वजनिक भएको छ ।
कथा संग्रहको विमोचन पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख कृष्णप्रसाद पौडेल गरे । पौडेलले क्षत्रीमा रहेको सशक्त प्रतिभा लघुकथामा प्रस्फुटित भएको बताए । परदेशमा रहेर क्षत्रीले नेपाली परिवेशलाई यथार्थ रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।
कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले क्षत्रीका कथा विगतमा भन्दा परिष्कृत भएको भन्दै सफलताको कामना गरे ।
सर्जक क्षत्री रोजगारीका क्रममा लामो समयदेखि मलेसियामा रहेका छन् । कार्यक्रममा स्रष्टाले पठाएको सन्देश उनका भाइ पानसबहादुर जिसीले वाचन गरेर सुनाएका थिए । यसअघि सर्जक क्षत्रीका प्रवासका भोगाइ र अनुभवहरू (संस्मरण) र मेरा केही लघुकथा प्रकाशित छन् ।