पगरी उतार्न भनेपछि वीरेन्द्रले अमेरिकी भिसा नै अस्वीकार गरे

पगरी उतार्न भनेपछि वीरेन्द्रले अमेरिकी भिसा नै अस्वीकार गरे

भारत : भारतीय जनता पार्टीका सांसद वीरेन्द्र सिंहले आफूले लगाइरहेको पगरी उतार्न भनेपछि अमेरिकी सरकारको भिसा लिन अस्वीकार गरेका छन्।

अमेरिकी सरकारले भ्रमणको निम्तो दिएपछि भिसाका लागि दिल्लीस्थित अमेरिकी दूतावासमा पुगेका सिंहलाई सुरक्षा जाँचका क्रममा पगरी उतार्न भनिएको थियो। तर उनले पगरी नउतार्ने बरु भिसा नलिने निर्णय लिएका हुन्। तीनपटक लगातार सांसद भएका सिंहलाई अमेरिकी सरकारले किसानहरुको कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन भ्रमणको निम्तो दिएको थियो। 

उनले पगरी आफ्नो पहिचान र परम्परागत सम्मान भएकोले यसलाई कुनै हालतमा हटाउन नसक्ने बताएका छन्। सिंह उत्तर प्रदेशको भदोही क्षेत्रबाट भारतको लोकसभामा तीनपटक निर्वाचित भएका नेता हुन्। किसानहरुको समस्या र ग्रामिण विषयलाई उनले जोडदार रुपमा उठाउँदै आएका छन्। पगरी उतार्न भनेपछि उनले भनेका थिए, 'म यो गर्न सक्दिनँ। म किसान हुँ र पगरी मेरो सम्मान र पहिचान हो । यो मेरो देशको पनि मान हो। त्यसैले यसलाई म हटाउन सक्दिनँ।

उनले पगरी उतार्न आफू तयार नरहेको र अमेरिकी भिसा अस्वीकार गरेको जानकारी संवाददाताहरुलाई दिएका छन् । उनले भने, सुरक्षाका लागि मेरो शिरको पगरी कसरी उतार्नसक्छु ? म अब अमेरिका जान इच्छुक छैन।' उनी शनिबार अमेरिका उड्ने कार्यक्रम थियो। दूतावासले पगरीबिना तस्बिर लिनुपर्ने भन्दै उनलाई पगरी उतार्न भनेको थियो। 

सिंह संसद् तथा अन्य सार्वजनिक कार्यक्रममा सधै पगरी लगाएर प्रस्तुत हुने गरेका छन्। संसद्‌मा पनि स्थानीय संस्कृति र कलाका बारेमा बोल्ने गरेका छन्।

यो विषयमा भारतको विदेश मन्त्रालयले अहिलेसम्म आधिकारिक जानकारी नआएको र जानकारी आएपछि यसबारेमा सरोकार राखिने जनाएको छ। एजेन्सीहरु

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.