सार्वजनिक जग्गा मिचेर ढुंगाखानी सञ्चालन

सार्वजनिक जग्गा मिचेर ढुंगाखानी सञ्चालन

काभ्रेः जिल्लामा पछिल्लो समय ढुंगा तथा क्रसर व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गर्न थालेका छन् । स्थानीय प्रशासनको बेवास्ता र ढुंगाखानी व्यवसायीको चरम लापरबाहीले सार्वजनिक जग्गा अत्रिक्रमण बढ्दै गएको हो ।

भूमिडाँडा-७ स्थित उडवादेवी रोडाढुंगा उद्योगले ब्रेकरको प्रयोग गर्दै पहाड फोरेर निस्केको माटो र ग्राभेल रोसीखोला छेउमा थुपारेर सार्वजनिक जग्गासमेत अतिक्रमण गरेको स्थनानीको आरोप छ । ‘नक्सामा भएको बाटोसमेत छैन ।

माटो हाल्दा खोला साँघरिएको छ', स्थानीयले भने, ‘खानीले सार्वजनिक र व्यक्तिको सम्पत्तिसमेत जबरजस्ती उत्खनन र प्रयोग गर्दै आएका छ', उनले थपे, ‘खानी सञ्चालनअघि रोडा कुटने र गाईबस्तु चराउने चौर थियो । त्यो पनि हरायो र १२÷१५ हात चौडा रोसीखोलो साँधुरिएर ५÷६ हातमा आयो । तर प्रशासन मौन छ ।'

कुशादेवी गाविसका ५ र ६ वडाको सिमानामा रहेको डायमन्ड स्टोन प्रालिले डोजर र ब्रेकर लगाएर डाँडो खोतल्दा निस्कने ढुंगा र धुलोले स्थानीयलाई असर गर्नुका साथै पहिरोको जोखिम बढेको छ । बैरामाहादेव रोडा ढुंगा उद्योग, काठमाडौं रोडा ढुंगा उद्योग, कोहिनुर रोडाढुंगा उद्योगले पहाड फोरेर ढुंगा निकाल्ने क्रममा निस्केको माटो र ससाना ढुंगा व्यवस्थित नगरी खोलामा हाल्ने गरेका छन् ।

खानीहरूले मनोमानी गर्दा स्थानीयको घर र जग्गा मात्र नभई खानीछेउबाट बगिरहेको रोसीखोला साँघुरिनुका साथै सतहसमते बढेको छ । यसबाट बर्खामा बाढीको जोखिम बढेको स्थानीयले गुनासो गर्दै आएका छन् । ढुंगाखानीले मनपरी डाँडा खोतलेपछि गाउँ कुरूप मात्रै नभई धेरै बस्ती जोखिममा पारेका छन् ।

कुशादेवी ५ का रामशाहा ठकुरीले भने, ‘ढुंगाखानीले मनपरी खोतल्दा कुशादेवी-५ र ६ का पूरै बस्ती जोखिममा छन्।' बर्खामा बाढी र पहिरोले गाउँलेलाई सास्ती दिन्छ । प्रशासन भने कानमा तेल हालेर बस्छ,' उनले थपे, ‘अनुगमन गरेजस्तो गर्छ कारबाही भने कहिले भएको छैन ।'

खानी दर्ता र नवीकरण गर्दा इजाजतपत्रको सर्तमै स्थानीय समुदायसँग समन्व गरी वातावरणमैत्री पद्धति अपनाउनुपर्नेलगायत बुँदा छन् । यसलाई बेवास्ता गर्दै बाहुबलका भरमा खानी चलाउँदै आएका छन् । भूकम्पपछि पहाड कमजोर भए पनि उच्च भाइब्रेसन भएका मेसिन लगाएर उत्खनन गर्ने गरेको भूमिडाँडा गाविसका विजय केसी बताउँछन् ।

‘जोखिमयुक्त पाहाडको प्रावधिकबाट निरीक्षण गराउनेतर्फ खानी सञ्चालकले ध्यान नदिई जबरजस्ती खानी चलाउँदै आएका छन्', उनले थपे, ‘चुल्ठेमुन्द्रे र प्रशासनको आडमा हामीलाई हपार्छन् ।'

रोसीखोला किनारमा सञ्चालित आठवटा ढुंगाखानीले ढुंगा उत्खनन मात्रै गरेका छैनन्, खोला किनारामा रहेका खाली जग्गा अतिक्रमण गरेका छन् । अधिकांश खानीले ठूलो प्रेसर भएका एक्साभेटर र ब्रेकर प्रयोग गर्दै ढुंगा उत्खनन गर्ने गरेका छन् । खानी विभागको सहमतिमा जिल्ला विकास समितिले विभिन्न सर्तसहित ढुंगाखानीको इजाजतपत्र दिँदै आएको छ । तर नियमित अनुगमनको अभावमा खानी सञ्चालकले सर्त मिचिरहेका छन् ।

खानीस्थलमा अधिकांशले साइनबोर्डसमेत प्रयोग नगरी काम गर्दै आएका छन् । स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले अनुगमन गरी कुनै खानीले मापदण्डविपरीत उत्खनन वा सार्वजनिक जग्गा, नदीनाला अतिक्रमण गरेको फेला परे कानुनी कारबाही गर्ने बताए । प्रमुख साहायक जिल्ला अधिकारी भीमकान्त शर्माले सत्यतथ्य बुझी त्यस्ता उद्योगलाई कारबाही गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.