ट्रेकिङ मजदुर विस्थापित

ट्रेकिङ मजदुर विस्थापित

पोखराः  पोखरामा रहेर ट्रेकिङ व्यवसाय गर्दै आएका ६० प्रतिशत मजदुर व्यवसायबाट पलायन भएका छन् । भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आई काम नपाएपछि मजदुर व्यवसाय छाडेर विदेश पलायन भएका छन् ।

ट्रेकिङ व्यवसायमा नियमित काम नपाउँदा करिब २५ प्रतिशत पर्यटन मजदुर खाडी मुलुक र अन्य वैकल्पिक पेसामा लागेको टेकिङ-ट्राभल्स-र्‍याफ्टिङ एयरलाइन्स मजदुर युनियन (युनिट्राफ) का अध्यक्ष विजय केसीले जानकारी दिए ।

भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतले नाकाबन्द गरेपछि ठप्प भई ट्रेकिङ मजदुरले नियमित काम नपाउँदा व्यवसाय नै छाडेर खाडी पलायन हुनु पर्ने अवस्था आएको अखिल नेपाल पर्यटन मजदुर संगठन कास्कीका अध्यक्ष धनबहादुर तामाङ बताउँछन् । भूकम्प र नाकाबन्दी अगाडिसम्म पर्यटन सिजनमा कम्तीमा १२ देखि १५ पटकसम्म पदयात्रामा जाने काम मिल्थ्यो अहिले पथप्रदर्शकको काम पाउन मुस्किल भएको उनले बताए ।

कास्कीमा चार सयभन्दा बढी व्यावसायिक ट्रेकिङ मजदुर रहेको युनिट्राफका अध्यक्ष केसी बताउँछन् । त्यसमा व्यासायिक पथप्रदर्शक र सहयोगी महिला मजदुुरको संख्या ५० छ । भूकम्प र नाकाबन्दी अघिसम्म पथप्रदर्शकका लागि आकर्षक रहेको पेसा नाकाबन्दीपछि ठप्प नै भएको मजदुर बताउँछन् । गत पाँच वर्ष अघिदेखि चिनियाँ पर्यटकको आगमन बढ्दा पनि ट्रेकिङ मजदुरको व्यवसाय थप आकर्षक बनेको केसी बताउँछन् ।

भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतले नाकाबन्द गरेपछि ठप्प भई ट्रेकिङ मजदुरले नियमित काम नपाउँदा व्यवसाय नै छाडेर खाडी पलायन हुनु पर्ने अवस्था आएको हो ।

भूकम्पपछि तातोपानी नाकाबन्द हुनु ,चीनले नेपाल उडान गर्ने हवाई सेवा समेत कटौती गर्दा चिनियाँ पर्यटक शून्य जस्तैमा झर्नु र नाकाबन्दीपछि भारत हुदै आउने पर्यटक पनि कम आउन थालेपछि पर्यटन व्यवसास धाराशायी भएको व्यवसायी बताउँछन् । विस्तारै पर्यटक आउने क्रम बढ्न लाग्दा बेला बेला हुने बन्दहडतालले नेपाल भ्रमणका लागि समय तालिका बनाएका पर्यटकले पनि भ्रमण रद्द गर्दा थप समस्या परेको छ ।

पर्यटक आगमनमा कमी आउँदा ट्रेकिङ मजदुरदेखि सबै खाले पर्यटन मजदुर वैकल्पिक पेसा खोज्न पलाएन भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष रामचन्द्र शर्माले सुनाए । भूकम्प र नाकाबन्दीपछि पर्यटक नै निकै कम आएका छन् । आएका पर्यटक पनि धेरै जसो गाइड पोटर नलिकन एक्लै जाने गर्दा पर्यटकको यात्रा जोखिम हुने र पर्यटन मजदुरले काम नपाउने अवस्था रहेको उनी बताउँछन् ।

३१ वर्षदेखि ४१ वर्ष उमेरका युवा पदयात्री गाइड पोटर बिनै पदयात्रामा जाने गरेको पर्यटक गाइड शेषकान्त शर्मा बताउँछन् । भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पर्यटन उद्योग पुरानै अवस्थामा नफर्कंनु पर्यटन मजदुर पलायन हुनुको मुख्य कारण रहेको उनले सुनाए । पदयात्राका लागि ६० देखि ७५ वर्ष उमेरका पर्यटक पनि आउने गरेका छन् । बेलायत, अमेरिका, अस्टेलियाका पर्यटक रिटायर भएपछि पदयात्रामा आउने गरेको र उनीहरूले गाइड र पोटर अनिवार्य लग्ने गरेकोले शर्माले सुनाए ।

पर्यटक आगमनमा कमी आउनु र लेकसाइडका सटरको भाडा महँगो हुँदा ट्रेकिङ एजेन्सी पनि आफ्नै घरमा लगेर काम गर्नु पर्ने अवस्था आएको व्यवसायी बताउँछन् । कहिले काँही पर्यटकले पदयात्राका लागि पथप्रदर्शक खोजे राम्रो पथप्रदर्शक पाउन समेत अभाव हुदै गएको छ । पर्यटन उद्योगलाई कम्तीमा पहिलेकै अवस्थामा पुर्‍याउन सरकारले नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने व्यवसायी बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.