कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित

कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सभामुख दोलप्रसाद (डीपी) अर्यालले आजको बैठक कार्यसूचीमा प्रवेश नगरेको जानकारी गराउँदै भोलिसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठकमा नेपकपा एमालेका सांसद क्षितिज थेबे, नेपाली कांग्रेसका निश्कल राई, श्रम सँस्कृतिका हर्क साम्पाङ, राप्रपाकी सांसद खुश्बु ओलीले पार्टीको धारणा राखेका थिए । 

यसैबीच सभामुख डीपी अर्यालले बिपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।

सभामुखले सभा सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए । उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मानका लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि बिपक्षी सांसदहरु मात्रै मौनधारणका लागि उठेका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.