नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन : कांग्रेस

नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद  राईले आफू इलामको भारतीय सीमावर्ती गाउँमा जन्मे हुर्केको बताउँदै नेपालले भारतको कुनै पनि ठाउँमा सीमा नमिचेको बताए ।

उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए । सांसद राईले प्रधानमन्त्री बालेन शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको बताउँदै उनले प्रधानमन्त्रीका शुभचिन्तकहरुले समेत नेपाल सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेको आरोप लगाए ।

सांसद राईले प्रश्न गरे, ‘यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको ? कस्तो मानसिकता तयार गर्न लाग्दैछौं हामी ?’ सांसद राईले प्रधानमन्त्री स्वयम संसदमा आफै उपस्थित भएर माफी माग्नु पर्छ भनेर आफूहरुले भनिरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.