दर्ता नै नगरी पसल सञ्चालन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

दर्ता नै नगरी पसल सञ्चालन, अनिवार्य मूल्यसूची राख्न निर्देशन
सुन्नुहोस्

नुवाकोट : वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल व्यवसाय सञ्चालन गरिएको पाइएको छ ।

संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका–९ कोलोनी बजारमा रहेको विभिन्न प्रकृतिका १६ वटा पसलहरुको एकै पटक सोमवार छड्के अनुगमन गरेको हो । होलसेल तथा खुद्रा सामग्री पसल,  किराना पसल, तरकारी तथा मासु पसल, मार्टको अनुगमन गरेको हो । एकै दिन १६ वटा विभिन्न पसल व्यवसाय तथा कपडा र फर्निचर कारखानामा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले किराना पसल, तरकरी तथा फलफुल पसल, मासु पसल, कोल्ड स्टोर्स, मार्ट र कपडा गार्मेण्ट कारखाना समेत गरी १६ वटा पसलमा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेले जानकारी दिए  । उनका अनुसार अनुगमनका क्रममा टोलीले मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिएको छ । 

किराना, तरकारी, मासु पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्वन्धमा वजार अनुगमन गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले वताए ।   उनका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, गुणस्तरीयता, लेवल, नापतौल, खाद्यवस्तु खरिद विल र विक्री विलको निरीक्षण गरिएको हो । 

निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, पहिलो पटकलाई सुधार गर्न सुझाव दिदै र केहि व्यवसायीलाई आवस्यक कागजातसहित उद्योग तथा वाणिज्य कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख सीताराम घिमिरेको  भनाई छ ।
सर्वसाधारणले भने औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरेको गुनासो गर्दै महिनै पिच्छे यसलाई निरन्तरता दिन माग गरेका छन् ।

औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरिएको जनाउंदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन् । अन्य वेलामा पनि वजार अनुगमन गर्नु पर्ने उपभोक्ताहरु बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.