एमाले कार्यदलको बैठक जारी

एमाले कार्यदलको बैठक जारी
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन्। null

गत जेठ १० गतेको सचिवालय बैठकबाट १५ सदस्यीय कार्यदल गठन गरिएको थियो ।कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इञ्चार्जहरू सदस्य रहेका छन्। null

कार्यदलले १ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने सचिवालय बैठकले निर्णय गरेको छ। एमालेले निर्वाचन परिचालन कमिटीले निर्वाचन समीक्षाको आफ्नो प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाइसकेको र पार्टीमा प्राप्त प्रतिवेदनका आधारमा एकीकृत प्रतिवेदन तयार गरी पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रुपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.