भारतमा बन्धक परेका १६ नेपालीको उद्धार, नेपाल ल्याइँदै

भारतमा बन्धक परेका १६ नेपालीको उद्धार, नेपाल ल्याइँदै
सुन्नुहोस्

बर्दिबास  : श्रमको सिलसिलामा भारत पुगेका बर्दिबास नगरपालिका -१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना बन्धकमा परेका नेपाली उद्धार टोलीको सम्पर्कमा आएका छन् । आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय र इलाका प्रहरी कार्यालय बर्दिबासको पहल उनीहरूको उद्धार भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका भारतमा श्रम शोषणमा परेका मुसहर बस्तीका स्थानीयहरुलाई उद्धार गरि नेपाल ल्याउन लागिएको छ । उद्धार टोलीमा सहभागी मध्येका अशोक सादाका अनुसार भारती प्रहरीको सहयोगमा बन्धक बनेकाहरुको उद्धार सम्भव भएको छ । उनीहरूले कमाए बापतको ज्याला पनि त्यहाँका प्रहरीले हिसाब गराएर दिलाएको उनले बताए ।

श्रमिकहरूलाई डर त्रास  देखाई यातना समेत दिँदै बन्धक बनाइएको थियो । कुटपिट गर्दै यातना दिएको फोटो, भिडियोहरू समेत पीडितहरूले परिवारजनलाई पठाएका थिए । आफन्तजनले उद्धार गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न ईलाका प्रहरी कार्यालय बर्दिबासमार्फत भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका थिए ।

वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र  मनोहर सदाले प्रहरीमार्फत दूतावासमा बन्धकमा परेकाहरु खोजी गरि उद्धार गर्न  निवेदन दिएका थिए । उनीहरुका छोरा छोरी, श्रीमती बन्धक बनेका थिए।

दिलिप परियारले २७-मार्च-२०२६ मा भारतको हरियाणा, जिल्ला झज्जर, गाउँ हेलन गाउँ स्थित कुखुरा फर्ममा अन्डा टिप्ने काम रहेको र सो काममा राम्रो कमाई हुन्छ भनि आश्वासन दिलाई उनीहरूलाई लगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.