यातायात कार्यालय भक्तपुरलाई लाइसेन्स वितरण गर्न भ्याईनभ्याई, ६ महिना लाग्ने

यातायात कार्यालय भक्तपुरलाई लाइसेन्स वितरण गर्न भ्याईनभ्याई, ६ महिना लाग्ने

भक्तपुर : राधेराधेस्थित यातायात व्यवस्था कार्यालय, भक्तपुरलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न भ्याईनभ्याई भएको छ । वर्षौंदेखि बाँकी रहेको एक लाख ७५ हजार ५ सय ९८  लाइसेन्स एकै पटक प्राप्त भएपछि वितरणको काममा भ्याईनभ्याई भएको हो ।

सोमबारदेखि लाइसेन्स वितरण शुरु गरेपछि कार्यालयमा लाइसेन्स लिनेको लामो लाइन देख्न सकिन्छ । परीक्षा उत्तीर्ण गरेको ४ वर्षपछि लाइसेन्स आएपछि खुशी हुँदै कार्यालय आएकी रिता वाग्लेले बिहीवार दुई घण्टा लाइन बसेर लाइसेन्स लिएको बताइन् । सेवाग्राहीको लामो लाइनले कर्मचारीहरु दबाबमा देखिन्छन् ।

तथापी, विहान ९ बजेदेखि ५ बजेसम्म लाइसेन्स वितरण गर्दा पनि बिहीवारसम्म ३ हजार लाइसेन्स  मात्र वितरण भएको छ । यस्तै अवस्था रहे प्राप्त लाइसेन्स वितरणमै ६ महिना बढी लाग्ने कार्यालयका कर्मचारीहरु बताउँछन् । कार्यालयका निमित्त प्रमुख पवन कट्टेलले सीमित जनशक्तिका कारण पर्याप्त लाइसेन्स वितरण गर्न नसकेको प्रष्ट पारेका छन् ।

null कार्यालयले सवारी चालक अनुमति पत्रको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र नवीकरण लगायतको नियमित काम यथावत राखी लाइसेन्स वितरणको भार व्यहोर्नु परेको उनले बताए । ‘अन्य कामका लागि खटाउनु पर्ने कर्मचारी कटौती गरेर दैनिक १० जनालाई लाइसेन्स वितरणमा लगाइएको छ’, उनले भने । निमित्त प्रमुख कट्टेलले थप जशक्ति आवश्यक रहेको उल्लेख गरेका छन् । कार्यालय प्रमुख कट्टेलले अत्यावश्यक बाहेक लाइन बसेर लाइसेन्स नलिन जोड दिदै भीड कम भएपछि मात्र लाइसेन्स लिन आग्रह गरेका छन् ।

कार्यालयका सूचना अधिकारी जीवनकुमार बस्नेतले कार्यालयले ३ लाख ९२ हजार लाइसेन्स वितरण गर्नुपर्ने तथ्यांक प्रस्तुत गर्दै अझै लाइसेन्स छापिएर आउनेक्रम निरन्तर रहेको जानकारी गराए । कार्यालयका चार वटा कोठा लाइसेन्सले भरिएका र अब राख्ने ठाउँ समेत नभएको बस्नेतले बताए ।

संघीय सरकारले यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर स्मार्ट लाइसेन्सको सट्टा क्युआर लाइसेन्स उपलब्ध गराउने निर्णय अनुसार लाइसेन्स छपाइले गति लिएको सूचना अधिकारी बस्नेतले बताएका छन् । प्राप्त लाइसेन्स न वर्णानुक्रम अनुसार आएको छ न त मिति अनुसार नै आएको उनले बताए । कार्यालयले एप्लिकेसन आइडी नम्बरको आधारमा पोकाबाट खोजेर लाइसेन्स वितरण गरिरहेको उनले बताएका छन् ।

nullबागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मातहत रहेको यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा पहिला भक्तपुरको कार्यालयले लाइसेन्स वितरण शुरु गरे पनि मन्त्रालयले आवश्यक सहयोग नगरेको कर्मचारीहरुको गुनासो छ । थप जनशक्ति नपठाएकोमा उनीहरुले दुःखेसो पोखेका छन् । त्यति मात्र होइन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाहको विषयमा बुधवार राखेको छलफलमा  यातायात व्यवस्था कार्यालय भक्तपुरलाई खबरै नगरेको विषयले कर्मचारीको मनोबल कमजोर बनेको एक कर्मचारीले बताए ।

‘अन्य कार्यालयमा शुरु हुन नसकेको लाइसेन्स वितरण भक्तपुरले शुरु ग¥यो’, उनले भने, ‘प्रोत्साहन पाउन भने सकिएको छैन ।’ यातायात व्यवस्था कार्यालय भक्तपुरमा मुख्यमन्त्री र प्रमुख  सचिवबीच टकरावका कारण  बागमती प्रदेश सरकारले कार्यालय प्रमुख खटाउन सकेको छैन । विगत तीन महिनादेखि निमित्त कार्यालय प्रमुखमा कार्यालय निर्भर छ । पछिल्लो समय सबैभन्दा पहिला लाइसेन्स वितरण गरेर निमित्त कार्यालय प्रमुख कट्टेलले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिरहेका छन् । यद्यपी, प्रमुख नै आवश्यक हुने लाइसेन्सको नाम, थर र ठेगाना सच्याउने सेवा भने सञ्चालन हुन सकेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.