‘बिचौलिया’ बनेको आरोपमा भक्तपुर मालपोतबाट लेखापढी व्यवसायीहरु पक्राउ

‘बिचौलिया’ बनेको आरोपमा भक्तपुर मालपोतबाट लेखापढी व्यवसायीहरु पक्राउ
सुन्नुहोस्

भक्तपुर : प्रहरीले भूमिसुधार  तथा मालपोत कार्यालय भक्तपुरबाट लेखापढी कानुन व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ । कार्यालयभित्र लेखापढीको आवरणमा बिचौलियाको काम गरेको आरोपमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट १५-१६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले पुष्टि गरेको छ । लेखापढी व्यवसायीले आफ्नो कार्यालयमा बसेर सेवा दिनुपर्नेमा सरकारी कार्यालयका कोठाकोठामा पुगेकाले पक्राउ गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्पष्ट पारेका छन् । 

लेखापढी व्यवसायीलाई प्रहरीले योजनाबद्ध धरपकड गरेको भन्दै भू–सेवा, लेखापढी तथा कानुनी सेवा व्यवसायीहरूले ठप्प पारेका छन् । प्रहरीले व्यावसायिक वातावरणमा आतंक पैदा गरेको भन्दै लेखापढी कानुन व्यवसायी संघका सचिव आशिष घिमिरेले विरोध जनाएका छन् ।  निःशर्त रिहाइ र व्यवसायको सम्मानजनक वातावरण बनाउन पर्ने  व्यवसायीहरूको माग छ । 

सामाजिक अभियन्ता प्रेमध्वज मोक्तान कानुनको परिधिभित्र रहेर प्रहरी र व्यवसायी चल्नुपर्ने बताउँछन् । राष्ट्रिय मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर सम्मानित अदालतबाट प्रमाणपत्र पाएर सेवा गरिरहेका व्यवसायीमाथि अनावश्यक धरपकड गर्नु नहुने बताएका छन् । घुसको लेनदेन गराएको अथवा अनैतिक काममा संलग्न भएको प्रमाण बेगर व्यवसायीहरूलाई काममा बाधा पुर्‍याउनु नहुने सेवाग्राहीहरूले समेत प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.