संघको निर्देशनविपरीत भक्तपुर नगरपालिकामा आइतबारबाटै नयाँ भर्ना अभियान

संघको निर्देशनविपरीत भक्तपुर नगरपालिकामा आइतबारबाटै नयाँ भर्ना अभियान
सुन्नुहोस्

भक्तपुर : भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा आइतबार बिदा नहुने भएको छ। नगरपालिकाले संघीय सरकारको निर्देशन अवज्ञा गर्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सम्पूर्ण विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको  नगर प्रमुख सुनिल प्रजापतिले पुष्टि गरे। निर्णयअनुसार आइतबारबाट विद्यालय सञ्चालन हुनेछ। भक्तपुरमा सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालय रहेका छन्।

यसअघि नेपाल सरकार मन्त्रिपरिषदको चैत २२ गतेको निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो। सो व्यवस्था कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गते सबै पालिकालाई परिपत्र गरेको थियो। 

भक्तपुर नगरपालिकाभित्रका विद्यालयका प्रतिनिधिहरू, सार्वजनिक विद्यालय सामूहिक परीक्षा समिति, संयुक्त परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा संस्थागत विद्यालय संघ नेपाल (इसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) , पेट्सान, हिसानलगायतले दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

यसै विषयमा भक्तपुर जिल्ला अभिभावक संघलेसमेत आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने र वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो। शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक सत्रमा २ सय २० कार्य दिन हुनुपर्ने व्यवस्था छ। साथै, सर्वोच्च अदालतको २०८२ चैत २० गतेको आदेशलाईसमेत नगरपालिकाले ध्यान दिएको  प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले बताए।

सरोकारवालाहरूको सुझाव, कानुनी व्यवस्था तथा व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै नयाँ शैक्षिक सत्र आइतबारबाट सुरु हुने सूचना अधिकारी दामोदर सुवालले जानकारी दिए। भक्तपुर नगरपालिका  शिक्षा क्षेत्रमा अनुकरणीय मानिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.