चौंथो पटक जिब्रो छेडेका सुजनलाई प्रदेश सरकारको सम्मान

चौंथो पटक जिब्रो छेडेका सुजनलाई प्रदेश सरकारको सम्मान
सुन्नुहोस्

भक्तपुर :  भक्तपुरको ऐतिहासिक बिस्का जात्राको अवसरमा मध्यपुर थिमिस्थित बोडेमा बुधवार जिब्रो छेड्ने जात्रा मनाइएको छ । बिस्का जात्रा अन्तर्गत मध्यपुर थिमिको बालकुमारीमा बिहान भुईसिन्ह अर्थात सिन्दुर जात्रा सकिएपछि बोदेमा म्ये प्वा खनेगु अर्थात जिब्रो छेड्ने जात्रा हुने गर्दछ।
प्रत्येक नयाँ वर्षको दोश्रो दिन यी दुवै जात्रा गर्ने प्रचलन रही आएको छ ।

सिन्दुर जात्राको प्रमुख आकर्षण टोलटोलबाट निकालिने इष्ट देवताको खटसहितको प्रदर्शन र सिन्दुर छर्कदै गरिने नगर परिक्रमा हो । यसलाई ३२ खटको जात्रा पनि भन्ने गरिन्छ । पछिल्लो समय लोहकिन्थली लगायतका ठाउँबाट खट नआउने र आफ्नै ठाउँमा मनाउने गर्न थालिएपछि खटको संख्यामा कमी आएको छ । यो वर्ष बालकुमारीमा १८ खट ल्याइएको थियो ।

जिब्रो छेड्ने जात्राको प्रमुख आर्कषण भने जिव्रो छेडाउने व्यक्ति नै हुने हुन् । यस पटक सुजन बाग श्रेष्ठले बोडेमा चौंथो पटक जिब्रो छेडाएका छन् । यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए भने सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएका स्थानीय बाबुकाजी साछें श्रेष्ठ बताउँछन् । 
 

माइलो बुवा र बुवाले करिब दुई दशक जिब्रो छेडाएर निरन्तरता दिएको जात्रालाई अघिल्ला तीन वर्ष आफैले जिब्रो छेडाएका ३० वर्षीय सुजनले बुधवार चौंथो पटक  जिब्रो छेडाएर निरन्तरता दिए । जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १ सय ६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको मध्यपुर थिमिका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताए ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएको सम्झनामा यो जात्राको परम्परा रहन गएको पवन सिबंजा श्रेष्ठ बताउँछन् । जात्रा हेर्न स्थानीय सहित संस्कृतीप्रेमी एवं पर्यटकहरु बोडे पुगेका थिए । जात्राले रोग ब्याधीबाट बचाउने, बालीनाली सप्रिने, खडेरी नपर्ने र सबै लाई सुख हुने जनविश्वास रहिआएको छ ।

बुधवार जिब्रो छेडाउनु अघि सुजनले बोडेका सबै देवी देवताको मन्दिर पुगेर आर्शिवाद थापेका थिए । स्थानीय सबै देवीदेवताको आशिर्वाद लिएर उनी पाँचो गणेश मन्दिर नजिक बनाएको मञ्चमा पुगेपछि यसअघि १२ पटक जिब्रो छेडाइसकेका उनका ठुलो बुवा कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले सयौं मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिए ।  

त्यसपछि सुजन सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर नगर परिक्रमा गर्न निस्किए । स्थानीय संस्कृतीकर्मी र जनप्रतिनिधिहरुले जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरेका थिए ।

नाय्खिं बाजाको साथमा भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी सुजन स्थानीय महालक्ष्मी मन्दिरमा पुगेपछि जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाँचो  गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकालेर प्वाँल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिए । 

निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिए । अन्तमा सुजनले नाटेश्वरको पूजा गरेपछि यसवर्षको म्ये प्वा खनेगु अर्थात जिब्रो छेड्ने जात्रा पनि सम्पन्न भएको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र महिलालाई छुन समेत नहुने परम्परा रहेको छ ।

स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्न पाउने परम्परा अनुरुप ३० वर्षीय सुजनले जिब्रो छेडाएर जात्रामा युवा प्रतिनीधित्व र पुस्तान्तरणको अध्यायलाई निरन्तरता दिएको मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएका छन् । जात्रामा हौसला प्रदान गर्न बागमती प्रदेश सरकारले जिब्रो छेडाउने सुजनलाई दुई लाख रुपैयासहित सम्मान गरेको छ । मन्त्री परिषदबाट बिशेष निर्णय गरी नगद र संम्मानको शुरुवात गरिएको पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले बताएका छन् । यसले जात्राको संरक्षण र निरन्तरतामा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरे ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.