बागलुङमा रास्वपाका खड्का र शर्मा विजयी
बागलुङ : बागलुङका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । शनिबार विहान सम्पन्न मतगणनामा बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील खड्का र क्षेत्र नं. २ मा सोम शर्मा निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ मा खड्काले २० हजार ९२७ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिष्पर्धी भिमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गरे भने नेकपा एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत प्राप्त गरे । उता क्षेत्र नम्बर–२ मा रास्वपाकै उम्मेदवार सोम शर्माले १२ हजार ६४७ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धाी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत र एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत प्राप्त गरेका छन् । ९५ हजार ३३५ जना मतदाता रहेको बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ४८ हजार ९३२ मत खसेको थियो भने ९५ हजार ३३५ जना मतदाता रहेको क्षेत्र नं. २ मा ४७ हजार ५ सय ४७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !