बागलुङ कारागारमा मतदान सकियो

बागलुङ कारागारमा मतदान सकियो
तस्बिर : अर्जुन कार्की
सुन्नुहोस्

बागलुङ : जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । अस्थायी मतदान केन्द्र रहेको कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । ५३ जना कैदीबन्दीमध्ये ५१ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए । उनले एकजना काठमाडौं स्थान्तरण भएको र १ जना भर्खरै कैदमुक्त भएको कारण ५१ जनाले कैदीबन्दीले मतदान गरेको बताए।

मतदान केन्द्रमा खटाइएका २ जना कर्मचारीले पनि सोही मतदान केन्द्रमा मतदान गरेका हुन्। पूरा मत नझरेको कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुने मतदान अधिकृत पन्तले बताए ।'यहाँ रहेका ५१ जना कैदीबन्दी र खटाइएको २ जना कर्मचारी गरी ५३ जनाले मतदान गरिसकिएको छ,'मतदान अधिकृत पन्तले भने,'जम्मा मतदाता कैदीबन्दी ५३ रहेपनि १ जना कैदमुक्त भएको र एक जना काठमाडौं स्थान्तरण भएको हुनुभएकोले उहाँहरु मतदान गर्न आउँनु हुँदैन । '

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.