गोसाइँकुण्ड पदमार्गमा सञ्चालित २६ होटल तथा अस्थायी थर्पुलाई करिब ४ लाख जरिवाना
काठमाडौं : गोसाइँकुण्ड पदमार्गमा सञ्चालित २६ होटल तथा अस्थायी थर्पुलाई जरिवाना गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, गोसाइकुण्ड गाउँपालिका, रसुवाका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीबाट गोसाइकुण्ड पदमार्ग क्षेत्रमा अवस्थित स्थानीय होटल तथा थर्पुहरुको अनुगमन गरेको हो।
२६ वटा होटल तथा थर्पुमा अनुगमन गरेर मापदण्ड पालना नगरेका २६ वटा होटल तथा अस्थायी थर्पुलाई जरिवाना गरिएको हो।
थर्पु सञ्चालन गर्दा अस्थायी शौचालय समेत निर्माण नगरेको, डस्टबिनको व्यवस्था नगरेको, मर्यादित व्यवहार नगरेको तथा तोकेको भन्दा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
२६ वटा होटल तथा अस्थायी थर्पुलाई ३ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रतिक्रिया दिनुहोस !