काठेखोलाको प्रशासनिक भवनको विवाद समाधान, सुल्डाँडामा बन्ने

काठेखोलाको प्रशासनिक भवनको विवाद समाधान, सुल्डाँडामा बन्ने

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाको ९ वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंगो लागेको छ। 

भवन निर्माण गर्ने ठाउँको विषयमा लामो समयदेखि विवाद हुँदा गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको थियो। गाउँपालिकाको भवन निर्माणका लागि जनप्रतिनिधिहरू बीच वडा नम्बर ६ बिहुँ सुल्डाडा र वडा नम्बर २ अक्षेतेलाई लिएर विभाजन भएपछि भवन निर्माणको काम अगाडि बढ्न नसकेको हो  

गाउँपालिकाको बिहिबार बसेको १७औं गाउँसभाले बिहुँ सुल्डाँडामा प्रशासनिक भवन निर्माण गर्नेगरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। उनले आउँदो आर्थिक वर्षदेखि भवन निर्माणको प्रक्रिया पूरा गरेर भवन निर्माणको कार्य प्रारम्भ गर्ने बताए। 

गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता बताउँदै निर्वाचनमा गए पनि तीन वर्षपछि बल्ल ठाउँको टुङ्गो लगाउन सफल भएको बताए। गाउँसभाले बिहुँ सुल्डाँडा र अक्षेतेलाई प्रशासनिक केन्द्र मान्ने र प्रशासनिक भवन सुल्डाँडामा बनाउने गरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टीका संगम विकले जानकारी दिए। 

प्रशासनिक भवन निर्माण गर्ने विषयमा गत असार १० गतेको गाउँसभामा मतदान हुँदा कुनै पनि पक्षमा दुई तिहाइ मत नपरेपछि १९ गतेका लागि मिति तय गरिएको थियो। यो बीचमा भएका विभिन्न छलफल  र बैठकले सर्वसम्मतको निर्णय गर्ने वातावरण बनाएको अध्यक्ष थापाले बताए। 

यसअघि पालिका भवन निर्माणको लागि वडा नम्बर १, २, ३ र ४ वडाका जनप्रतिनिधिले अक्षेतेमा र वडा नम्बर ५, ६, ७ र ८ का जनप्रतिनिधिले सुल्डाँडामै बनाउनुपर्छ भन्ने अडान लिएपछि भवन निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको थिएन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.