बागलुङमा घरको झ्यालबाट खसेर वृद्धको मृत्यु

बागलुङमा घरको झ्यालबाट खसेर वृद्धको मृत्यु
सुन्नुहोस्

बागलुङ : बागलुङमा घरको झ्यालबाट खसेर एक वृद्धाको मृत्यु भएको छ। बागलुङ नगरपालिका- ४ श्रीनगरटोलमा बुधबार बिहान घरको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनको पक्की घरको तेस्रो तलाबाट खसेर खड्काको मृत्यु भएको हो। खड्का सुतिरहेको कोठाको झ्यालबाट सडकमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको शव क्षत-विक्षत अवस्थामा प्रहरीले अस्पताल लगेको थियो । 

आल्मुनियमको झ्यालमा ग्रील नभएकाले झ्यालबाट खसेको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बगालुङमा राखिएको एसएसपी भारतीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.