नेविसंघ बागलुङका जिल्ला अध्यक्ष पराजुलीले दिए राजीनामा

नेविसंघ बागलुङका जिल्ला अध्यक्ष पराजुलीले दिए राजीनामा

बागलुङ : नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजीनामा दिएका छन् ।  हालै सम्पन्न धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अध्यक्षमा नेविसंघकी अध्यक्ष सृष्टि आचार्य पराजित भएपछि जिल्ला अध्यक्ष पराजुलीले राजीनामा दिएका हुन् । 

उनले निर्वाचनमा पार्टीले हस्ताक्षेप गरेर चरम गुटबन्दी गर्दा हार व्यहोर्नु परेको भन्दै अध्यक्षबाट राजीनामा दिएको बताएका छन् । उनले पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पा र नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति जित शेरचनलाई मेन्सन गरेर राजीनामा पत्र सार्वजनिक गरेका छन् । 

अध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक गर्दै भनेका छन्, ‘हामी भित्रको अलोकतान्त्रिक,अराजनीतिक र गैरजिम्मेवार चरित्रको कारण आज हामीले आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न सकेनौं जसको कारण हामीले धवलागिरि बहुमुखी क्याम्पस जस्तो गरिमामय इतिहास र विरासत बोकेको क्याम्पसमा स्ववियु गुमाउनुपर्यो।'

पराजुलीले राजीनामा पत्रमा पार्टीको चरम गुटबन्दीको निर्मम शिकार बन्नु परेको र जसको प्रत्यक्ष प्रभावको कारण नेविसंघ निर्वाचनमा पराजित हुन पुगेको बताए । उनले लोकतन्त्र हार स्वीकार गर्ने व्यवस्था भएको बताउँदै हारलाई सहर्ष रुपमा स्वीकार गर्दै कार्यकालभरी आवश्यक रचनात्मक सहयोग गर्ने बाचा पनि गरेका छन् ।

पराजुलीले पार्टी नेतृत्वको अलोकतान्त्रिक,अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण अहिले आफ्नै इतिहासलाई न्याय गर्न नसकेको र स्ववियु गुमाउन परेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘पार्टी नेतृत्वको अलोकतान्त्रिक,अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण हामीले आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न सकेनौं,’उनले राजीनामा पत्रमा लेखेका छन्,‘कर्तव्य पालना गरेर पनि परिणाम दिन नसकेपछि हारको नैतिक जिम्मेवारी लिएर राजिनामा गर्दछु ।’

उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सम्बोधन गरेर उक्त राजीनामा दिएका छन् । साथै,उक्त पत्रको बोद्धार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई पनि दिइएको छ । धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेविसंघको सभापति उमेदवार आचार्य पराजित भएकी हुन्। सभापतिमा अखिल संयुक्त प्यानलबाट उम्मेदवार बनेकी अनेरास्ववियुकी आस्मिन शेख विजयी भए।  निर्वाचित शेखले ५२२ र नेविसंघकी आचार्यले ४९१ मत प्राप्त गरिन्।

२० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अनेरास्ववियुकी शेखले इतिहास कायम गरिन्। २०६२ सालदेखि क्याम्पसमा नेविसंघका उम्मेदवारले सभापतिमा जित्दै आएका थिए । यसपटक शेखले उक्त निरन्तरतालाई भंग गरेकी हुन्।

स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले समय सकिएपछि उम्मेदवारी फिर्ता गरेको र सृष्टिलाई समर्थन गरेको घोषणा गरेका थिए । स्वतन्त्र समूहले समानुपातिकमा १२२ मत ल्याएको थियो । निर्वाचनमा नेविसंघले दुई पदाधिकारीसहित ७ सदस्य जितेको छ भने अखिलले एक सदस्य मात्रै जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.