जिप दुर्घटनामा परी दुई जनाको मृत्यु, ५ जना घाइते

जिप दुर्घटनामा परी दुई जनाको मृत्यु, ५ जना घाइते
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

सोमबार बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले बताए। 

दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको डीएसपी यादवले बताए। दुर्घटनामा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा टाउको गम्भीर घाइते भएकी छिन्। उनलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ। 

यस्तै बडीगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ती घाइते भएका छन्। घाइते निमसरा बुढा र यम कुमारी पौडेलको अवस्था मध्यम रहेको छभने सिता पौडेल र हिमाल घर्तीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको बर्तिबाङ अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले बताए।

सवारी चालक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.