टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को टिपर शनिबार दिउँसो निसीखोला गाउँपालिका-६ लामिडाँडामा दुर्घटना हुँदा गुल्मी जिल्लाको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त टिपर सडकदेखि २ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा बताए। दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी निसी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !