महोत्तरीमा भेटिए १ सय कुष्ठरोगी

महोत्तरीमा भेटिए १ सय कुष्ठरोगी
सुन्नुहोस्

महोत्तरी : महोत्तरीमा एक सय जनामा कुष्ठरोग फेला परेको छ। आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले उपलब्ध गराएको तथ्यांकअनुसार ५४ पुरुष र ४६ महिला गरी १ सय जनामा कुष्ठरोग फेला परेको जनाएको  । जुन गत वर्षको तुलनामा १३ जनाले बढी हो। गत वर्ष यो रोगीको संख्या ८७ थियो।

जिल्लाभरिमा विभिन्न समयमा समुदायमा गई गरिएको स्क्रिनिङपछिको प्रतिवेदनको आधारमा सो तथ्यांक तयार पारिएको क्षय कुष्ठ अधिकृत उमेश यादवले बताए। जुन प्रतिवेदनमा सर्ने खाले (एमवी) ७३ जना र नसर्ने किसिम (पीवी) का २७ जना रहेको  यादवले जनाए। क्षय कुष्ठ अधिकृत यादवले भने, ‘समुदायमा पुगेर गरिएको स्क्रिनिङपछि नयाँ बिरामी थपिएको हो। बिरामी थपिँदै जानु एकातिर चिन्ताको विषय हो भने अर्कोतर्फ नयाँ पहिचानले उपचार र निर्वारणमा सहयोग पुर्‍याएको छ।’

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार सवैभन्दा बढी एकडारा गाउँपालिकामा ५ दशमलव ४१ प्रतिशत आर्थात् १७ जनामा कुष्ठ रोगी फेला परेको छ  दोस्रोमा मटिहानीमा यसको दर ३ दशमलव ७६ प्रतिशत अर्थात् १४ जना पाइएको छ। त्यस्तै, बलवामा ३ दशमलव १६ प्रतिशत, समसीमा २ दशमलव ०७ प्रतिशत, सोनमामा १ दशमलव १७ प्रतिशत, मनरा सिसवामा १ दशमलव १२ प्रतिशत, महोत्तरी गाउँपालिकामा १ दशमलव ७४ प्रतिशत, पिपरामा १ दशमलव २९ प्रतिशत र लोहरपट्टीमा १ दशमलव ०६ प्रतिशतमा कुष्ठ रोगी रहेको यादवले बताएका छन्। रामगोपालपुर नगरपालिका बाहेक सबै स्थानीय तहमा कुष्ठ रागी पाइएपनि गौशाला, औरही, भंगाहा र जलेश्वरमा भने प्रति दश हजारमा एक जनाभन्दा कम अर्थात् शून्य दशमलव १५ देखि शून्य दशमलव ९४ प्रतिशत रहेको छ।

स्वास्थ्य कार्यालय महोत्तरीका क्षय कुष्ठ अधिकृत उमेश यादवका अनुसार अहिले नेदरल्याण्ड सरकारको ‘एनएलआर’ कार्यक्रमअन्तर्गत पुराना कष्ठरोगीको घर वरपरका छिमेकीलाई घरदैलोमै पुगेर स्क्रिनिङ गर्ने काम भइरहेको छ। यसै क्रममा पहिचान भएकालाई तत्काल उपचारको दायरामा लिने, रोग फेल नपरेकालाई पनि भविष्यमा संक्रमण नहोस भनेर एक डोज औषधी खुवाउनु जस्ता कार्यक्रम अहिले प्रभावकारी देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.