विचार र मुद्दा मिल्ने दलहरुसँग जसपाले सहकार्य वा एकीकरण गर्न सक्छ : उपमहासचिव यादव

विचार र मुद्दा मिल्ने दलहरुसँग जसपाले सहकार्य वा एकीकरण गर्न सक्छ : उपमहासचिव यादव
सुन्नुहोस्

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागी भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गरे।

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवम् संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले विचार र मुद्दा मिल्ने दल वा शक्तिहरूसँग जसपाले सहकार्य वा एकीकरण गर्न सक्ने बताएका छन्।

वीरगन्जमा दुई दिनदेखि चलिरहेको जसपाको केन्द्रीय कार्यसमितिको बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री यादवले भने,‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनितीमा होमिएका छौँ। बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ।’

मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेसका मुद्दा र देशभरिका नागरिकका समस्या समाधानका लागि जसपाले उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, ‘हाम्रा लागि जनता सर्वोपरि हुन्। जनताको विकास र जीवनस्तर उकास्न हामी कहिले पछि पर्ने छैनौँ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागी भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गरे। उनले भने, ‘हामी सरकारमा सहभागी भएपछि नागरिकका खानेपानीका थुप्रै समस्या समाधान गरेका छौँ, कतिपय काम अझै गर्न बाँकी छ। देशभरीका खानेपानीका समस्या समाधान गरेर छाड्ने छौँ।’

जनताको हकहितका लागि जसपा पार्टी जन्मिएको भन्दै उनले मधेससहित समग्र देश विकास अब जसपाले नै गर्ने दाबी पनि गरे। 

खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन

मन्त्री यादवले खानेपानीको लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पुर्‍याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा नागरिकको घर-घरमा शुद्ध अनि सफा खानेपानी पुग्ने गरी बजेट विनियोजन गराउने बताए।

उनले भने, ‘मैले मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु। पानीको निकै समस्या रहेको पाएको छु। वर्तमान सरकार आगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्ने गरी बजेटको व्यवस्थापन गर्नेछ।’

काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत जानकारी उनले गराए। आफू मन्त्री भएपछि देशभरीका खानेपानीका रोकिएका आयोजनाहरू पुनः सञ्चालनका लागि काम भइरहेका र नयाँ आयोजनाहरू निर्माणका लागि टेण्डर आह्वान गरिने कार्य समेत भइरहेको जिकिर उनले गरे। 

सुर्खेत, लुम्बिनी लगायतका क्षेत्रमा खानेपानीका ठूला आयोजनाहरू आफ्नै कार्यकालमा सुरु भएकाले धरानको खानेपानी समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको भन्दै उनले ६ अर्ब रकमको टेण्डर यो वर्षभित्र आह्वान गराउने बताए। उनले भने,‘धरानवासीका खानेपानीका समस्यामा सरकार अनि खानेपानी मन्त्रालय गम्भीर छ। एडीबीको ऋण लगानीमा त्यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि यो वर्ष छ अर्ब रुपैयाँको टेण्डर खोल्दैछौँ, ढुक्क हुनुस् धरानको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.