आगामी अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य : प्रतिपक्ष दल

आगामी अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य : प्रतिपक्ष दल
सुन्नुहोस्

परियारले आगामी अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य रहेको बताए।

काठमाडौं : संघीय संसदमा रहेका बिपक्षी दलहरुले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन्।  

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसदको अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरि अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन्।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुखसँग छलफल भएको बताए। विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए। 

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिँउदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए। सरकार र सदन फरक भएपनि कानुन निर्माण प्रक्रियामा दुवैको भूमिका रहने बताए। उनले सरकारले कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले सत्तापक्षसँग छलफल  गर्न सभामुखलाई आग्रह गरेको बताए। उनले आगामी अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्न सभामुखले गरेको पहल स्वागतयोग्य रहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.