सरकारले ल्याएको अध्यादेशप्रति सभामुख घिमिरेलाई विपक्षी दलको ध्यानाकर्षण

सरकारले ल्याएको अध्यादेशप्रति सभामुख घिमिरेलाई विपक्षी दलको ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनको बैठक सञ्चालनका विषयमा सभामुख घिमिरेले उनीहरूसँग छलफल गरेका हुन्। 

हिउँदे अधिवेशनमा कसरी बढीभन्दा बढी विजनेस ल्याउन सकिने र कार्यव्यवस्था तथा परामर्श समितिमा के कस्तो एजेन्डा राख्न सकिने विषयमा सभामुखसँग छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

सभामुख घिमिरेले संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा उनीहरूसँग सुझाव मागेका थिए। प्रतिपक्षभन्दा सत्तापक्षकै सांसद, मन्त्रीहरू बढी अनुपस्थित हुने गरेको र बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षको भूमिकालाई बढी ध्यान दिनुपर्ने सुझाव दिएको उनले बताए।

प्रमुख सचेतक पाण्डेले संसद छलेर अध्यादेश ल्याएकोप्रति सभामुखको ध्यानाकर्षण जनाएको बताए। उनले संसदको समितिमा रहेको विधेयक फिर्ता नलिई अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए।

'संसदको समितिमा रहेको विधेयकलाई फिर्ता नलिई अध्यादेश ल्याउनु असंवैधानिक काम भयो। यस विषयमा संसद सचिवालयले नै सरकारको ध्यानाकर्षण गराउनुपर्ने हो,' उनले भने। उनले सरकारले संसदलाई राम्रो रेस्पोन्स नगरेको आरोप लगाए।

'हामीले अझ अध्यादेशको कन्टेन्टमा केही भनेकै छैनौं। अध्यादेशको कन्टेन्टमा संसदमै कुरा राख्छौं। तर यस विषयमा संसद सचिवालयले पनि सरकारलाई सचेत गराउनुपर्थ्यो,' उनले भने। प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिएका थिए।

सभामुख घिमिरेले आज सत्तापक्ष दलका प्रमुख सचेतकरूसँग पनि छलफल गरेका थिए। छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.