प्रचण्डलाई सञ्चारमन्त्रीको सुझाव : क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भनेर जनतालाई ढाट्ने काम नगर्नुहोस्

प्रचण्डलाई सञ्चारमन्त्रीको सुझाव : क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भनेर जनतालाई ढाट्ने काम नगर्नुहोस्
सुन्नुहोस्

काठमाडौं : सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन्। आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताए।

अत्यावश्यक क्षेत्रलाई छिटो भन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझाव समेत दिए ।

मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सबैभन्दा बढि राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खोजेको बताए । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानुन ल्याउन खोजेको उनले बताए।

मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधैं उपेक्षा गरेको भन्दै अब यसलाई आधुनिकिरण गर्दै अघि बढाउने प्रतिवद्धता जनाए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीलाई निर्देशन समेत दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.