नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई थुनामुक्तको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई थुनामुक्तको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।

आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। उक्त रिट सुनुवाइका लागि आज प्रधानन्यायाधीश प्रकाशमान सिंहको इजलासमा तोकिए पनि 'हेर्न नमिल्ने' सूचीमा परेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय,गृह मन्त्रालय, काठमाडौँ जिल्ला अदालत ,महान्यायाधिवक्ताको कार्यालय ,काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँ जिल्ला प्रहरी परिसर र  सर्वोच्च अदालतलाई रिटमा विपक्षी बनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा  पाण्डे गत बैशाख २० गते पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले  बालकृष्ण खाँण,टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध खाँणसहित  १६ जना उच्च अदालत पाटन पुगेका थिए। पछि खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए। पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.