हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन्।  आइतबार सभामुख देवराज  घिमिरेसँग भएको सत्तारुढ दलहरूका प्रमुख सचेतकहरूसँग भएको छलफल पछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए।

उनले भने, 'पहिलो दिनको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गरेर आगामी दिनमा हाउस अत्यन्त प्रभावकारी हुनेगरी अगाडि बढ्नेछ। हाउसले प्राप्त गर्ने बिजनेसहरूमा कुनै कमी नहुने गरी तयारी भइरहेको छ।'

 उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको उनले जानकारी दिए।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकअघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ ।

त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.