धुलिखेलमा फर्निचर उद्योगमा आगलागी : एकजनाको मृत्यु, एक घाइते

काभ्रे : धुलिखेलमा एक फर्निचर उद्योगमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार राती ९ बजेको समयमा धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा ७० वर्षीया टीका देवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान तोयानाथ दंगाल घाइते भएका छन्। उनीहरूले उक्त फर्निचरको रेखदेखको काम गर्दै आएका थिए।
गएराति पाएको सूचनाको आधारमा आगलागी नियन्त्रणका लागि श्री कालिजंग गण, धुलिखेलबाट पर्शुराम शाक्यको नेतृत्वमा ३४ जनाको टोली ससस्त्र प्रहरीसमेत खटिएको थियो।
त्यस्तै धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो निभाउने कार्य भएको प्रहरीले जनाएको छ। स्थानीयले बाल्टिन र अन्य साधनहरूको प्रयोग गरेर दमकल टोलीलाई सहयोग गरिरहेका थिए। आगो अहिले बिहानी पख मात्रै नियन्त्रणमा आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
