वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालत अपहेलना मुद्दा दायर

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालत अपहेलना गरेको आरोपमा निवेदनपत्र दायर भएको छ। एक अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै कारवाहीको मागसहित सर्वोच्च अदालतमा निवेदन पत्र दायर भएको हो।
अदालतप्रति भ्रामक हल्ला फिजाउने काम गरेको भन्दै निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध मुद्दा दायर गरेका हुन्। उनले त्रिपाठीमाथि हैदसम्मको सजायको माग गरेका छन्।
'न्यायाधीशको कार्यक्षमता र समग्र न्यायाधीशलाई नै शंकाको घेरामा हाल्ने र न्यायाधीशलाई बदनाम गरी अदालतप्रतिको आस्था गरिमा तथा जनविश्वासमै प्रश्न चिन्ह खडा हुने गरि दिएको अभिव्यक्तिले अदालतको गरिमामा आँच पुग्ने तथा अदालतको अवहेलनाजन्य कार्यहरू भएको हुँदा निजलाई अदालतको अपहेलनामा कारवाही गरिपाउँ,'रिट निवेदनमा भनिएको छ।
सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि न्यायाधीशहरूको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए।
अदालतले लामिछानेलाई धरौटीमा छोड्ने आदेश दिएपछि बहस गरेबमोजिम परिणाम नआएको भन्दै उनले न्यायाधीशकै आलोचना गरेका थिए।
त्रिपाठीको उक्त अभिव्यक्तिप्रति न्यायाधीश समाज नेपालले खेद प्रकट समेत गरेको छ।
स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दाका आरोपित लामिछानेविरुद्ध मुद्दामा पीडितको तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि आक्रमणको प्रयास भएको थियो । आक्रमण गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !
