खानेपानी मन्त्री यादवले भने - धरानका मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पारे

खानेपानी मन्त्री यादवले भने - धरानका मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पारे
सुन्नुहोस्

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनको भनाई छ।

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने दाबी गरेका छन्। खानेपानी तथा सरसफाई नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क साम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत सुझाव दिएका हुन्। 

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनको भनाई छ। मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहज रुपमा पानी उपलब्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे।

त्यस्तै मन्त्री यादवले खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अव खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयनमा सहज हुने बताए। उनले साना घरेलु उपयोगका आयोजनाहरू बाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए। खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए। 

त्यस्तै दुई हजार भन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महसुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

त्यस्तै नियमावलीमा औधोगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोरहपानी सरकारले तोकेको मापदण्ड पालना हुने गरि प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नसपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.