सिद्धबाबा सुरूङमार्ग बनाउन खोज्दा कतिपयले हाँसो मजाकमा उडाए, तर सपना साकार हुँदैछ : अर्थमन्त्री पौडेल

सिद्धबाबा सुरूङमार्ग बनाउन खोज्दा कतिपयले हाँसो मजाकमा उडाए, तर सपना साकार हुँदैछ : अर्थमन्त्री पौडेल
सुन्नुहोस्

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबा सुरूङमार्गको सपना साकार हुँदै गएको बताएका छन्।  सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु कार्यक्रममा सहभागी हुँदै उनले कतिपयले यसलाई हाँसो मजाक बनाएको विषय आज साकार हुँदै गएको बताएका हुन्। 

उनले चुरे भीरमा सुरुङ मार्ग सफल हुनै नसक्ने जिद्दी गर्दै कतिपयले बजेट सक्न खोजेको आरोप लगाएको स्मरण गरे। ‘बर्षातमा मात्र होइन हिउँदमा समेत पहिरो खसेर कैयौंको ज्यान लिएको सिद्धबाबाको कुहीरे भीरले हामीलाई बर्षौं दुःख दियो। अत्यन्त असुरक्षित यो सडकलाई सुरक्षित बनाउने थुप्रै विकल्पमा हामीले छलफल गर्यौं।देश,विदेशका विज्ञ प्राविधिकहरुसहितको विस्तृत अध्ययनबाट अन्त्यमा हामी सुरुङमार्ग निर्माणको निर्णयमा पुग्यौं। तर कतिपयले यसलाई हाँसो मजाकको विषय बनाए। चुरे भीरमा सुरुङमार्ग सफल हुनै नसक्ने जिद्दी गरे। बजेट सक्न खोजेको आरोप लगाए।’ अर्थमन्त्री पौडेलले भने, ‘तर हामी मृत्यु मार्गलाई जीवनमार्ग बदल्ने अभियानमा अविचलित भएर लागिरह्यौं। फलस्वरुपः आज हामी यस सुरूङमार्गको ब्रेक थ्रु सेलिब्रेसनको महत्वपूर्ण क्षनमा आइपुगेका छौं।’

आफैँले देखेको सपना सोंचे भन्दा चाँडै पुरा हुन लाग्दा हामी हर्षविभोर भएको उनको भनाई छ। आफैँले देखेको सपना सोंचे भन्दा चांडै पुरा हुन लाग्दा हामी हर्षविभोर छौं। त्यो भन्दा ठूलो हर्ष नेपालमा सडक सञ्जालहरुलाई सुरुङमार्गहरुले जोड्ने तहमा हामी आइपुगेका छौं।’ अर्थमन्त्री पौडेलले भने, ‘सिद्धबाबाको यो सुरुङमार्ग अब छोटो समयभित्रै सञ्चालनमा आउनेछ, यात्रुहरुले सुरक्षित यात्रा गर्नेछन् र यही सुरुङमार्गबाट पसेर हजारौं, लाखौं यात्रूहरू, पर्यटकहरु पाल्पा हुंदै पोखरा लगायतका पहाडी र हिमाली क्षेत्रमा प्रस्थान गर्नेछन्।’

खुसीको यस क्षणमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माण गर्न हामीलाई मार्गदर्शन / निर्देशन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान व्यक्त गरे।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो। 
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.