सिम्रिक एयरको हेलिकोप्टरले आगो निभाउन महाभारतको जंगलमा पानी खन्याउँदै


काभ्रे : काभ्रेपलान्चोकको महाभारत जंगलमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याइरहेको छ। नजिकैको पोखरीबाट पानी बोकेर सिम्रिक एयरको हेलिकोप्टरले आगो निभाउने प्रयास गरेको हो।

बेथानचोक गाउँपालिका वडा नम्बर १ र २ को सीमानामा पर्ने गुवा भञ्ज्याङ् र आसपासको क्षेत्रको जंगगलमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टर पठाइएको हो। हेलिकोप्टरबाट पानी खन्याएर जंगलको डढेलो नियन्त्रणको प्रयास भइरहेको छ। 

मंगलबार दिउँसोदेखि उक्त वनमा लागेको आगो हालसम्म नियन्त्रणमा आएको छैन। सो स्थानको सेतीभिर क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रणको लागि गृह मन्त्रालयमार्फत सिम्रिकको हेलिकोप्टरमा पानी बोकेर नियन्त्रणको प्रयास थालिएको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.